KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
आजदेखि सुरु चैती छठ: सूर्य उपासनासँगै चार दिने पर्व प्रारम्भ

आजदेखि सुरु चैती छठ: सूर्य उपासनासँगै चार दिने पर्व प्रारम्भ

पर्सा – सनातन परम्पराअनुसार आस्था र जीवन दर्शनको संगम मानिने चैती छठ पर्व आजदेखि सुरु भएको छ। चैत्र महिनामा मनाइने यो पर्वलाई सृष्टिको प्रारम्भ, नयाँ ऊर्जा र नयाँ संकल्पको प्रतीकका रूपमा लिने गरिन्छ।

 

ज्योतिष आचार्य राजनाथ झा का अनुसार लोकआस्थाको महापर्व चैती छठ आज (मार्च २२) 'नहाय–खाय'सँगै सुरु भएको हो। वैदिक परम्पराअनुसार सूर्यलाई सृष्टिको केन्द्र मानिन्छ र अस्ताउँदै तथा उदाउँदै गरेको सूर्यलाई अर्घ दिने चलन प्राचीन कालदेखि चलिआएको छ।

Call Us for Ads

 

चैती छठमा षष्ठी देवीको पूजा गरी सन्तानको सुख, समृद्धि र सुरक्षाको कामना गरिन्छ। विशेषगरी मधेश–तराई क्षेत्रमा यो पर्व अत्यन्त श्रद्धा र भक्ति भावका साथ मनाइन्छ।

 

चार दिनसम्म चल्ने यो पर्वको पहिलो दिन नुहायर खाने व्रतालुहरूले पवित्र स्नान गरी सूर्यको पूजा गर्छन् र अरवा चामल, कद्दूको तरकारी तथा चनाको दाल प्रसादका रूपमा ग्रहण गर्छन्।

 

दोस्रो दिन (मार्च २३) 'खरना' मनाइन्छ, जसमा दिनभर उपवास बसेर साँझ पूजा गरी गुड, दूध र चामलको खीर ग्रहण गरिन्छ र त्यसपछि ३६ घण्टे निर्जला व्रत सुरु हुन्छ।

 

तेस्रो दिन (मार्च २४) अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइन्छ भने अन्तिम दिन (मार्च २५) उदाउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरेपछि व्रत सम्पन्न गरिन्छ।

 

चैती छठले आत्मशुद्धि, अनुशासन र प्रकृतिप्रति श्रद्धा व्यक्त गर्ने सन्देश दिने विश्वास गरिन्छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation