हरीखेतान क्याम्पसमा विवाद, विद्यार्थी सडकमा उत्रिए सँगै पेन् डाउन र क्याम्पस अगाडि प्रदर्शन
वीरगन्ज,८चैत : वीरगरगन्ज महानगरपालिका वडा नम्बर १० स्थित हरि खेतान बहुमुखी क्याम्पसका विद्यार्थीहरुले शिक्षकहरुको आन्दोलनका कारण परीक्षा दिन नपाएपछि सडकमा प्रदर्शन गरेका छन् ।
क्याम्पसको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको परीक्षा आइतबारदेखि सञ्चालन हुने कार्यतालिका क्याम्पस प्रशासनले सार्वजनिक गरेको थियो । तर बिहान परीक्षा दिन क्याम्पसमा पुगेका विद्यार्थीहरुलाई मूल गेटमै रोकेका थिए ।
त्यसपछि आक्रोशीत विद्यार्थीहरुले क्याम्पसको गेट अगाडि प्रदर्शन गर्ने क्रममा स्थिती तनावपूर्ण भएपछि प्रहरीले लाठी चार्ज गर्नुका साथै तीन जना विद्यार्थीहरुलाई नियन्त्रणमा लिएपछि थप आक्रोशीत बनेका विद्यार्थीहरुले घण्टाघर चोकमा पुगेर प्रदर्शन गरेका हुन् ।
क्याम्पस अगाडिबाट नारबाजी गर्दै घण्टाघर चोकमा पुगेका उनिहरुले सडकमै धर्ना बसेर चक्काजाम समेत गरे । क्याम्पस व्यवस्थापन र शिक्षकबीचको द्धन्द्धका कारण परीक्षाबाट बञ्चित हुन पुगेका उनिहरुले सडकमा टायर बालेर नाराबाजीसमेत गरे ।
प्रदर्शनमा सहभागी कक्षा १२ को शिक्षा संकायमा अध्ययनरत छात्र ओशष साहले क्याम्पसा विगत १ वर्षदेखि व्यवस्थापन र शिक्षकबीचको द्धन्द्ध चलिरहेका आँफुहरुको भविष्य बर्बाद भइरहेको बताए ।
आइतबारदेखि सुरु हुने भनिएको परीक्षा दिन क्याम्पसमा पुग्दा आन्दोलनरत शिक्षकहरुले परीक्षा रद्ध गरिएको भन्दै क्याम्पसभित्र प्रवेश नै गर्न नदिएको उनले बताए । उनले भने, हाम्रो १ वर्षदेखि कुनैपनि आन्तरिक परीक्षा हुन पाएको छैन । सरहरुले आन्दोलनका बहानामा पढाउनै छाड्नु भएको छ । परीक्षा दिनबाटसमेत बञ्चित पारिएपछि हामीहरु बाध्य भएर सडकमा उत्रिनु परेको हो ।
परीक्षाको माग गरेर क्याम्पसभित्र प्रवेश गर्न खोज्दा उल्टै प्रहरीले लाठी चार्ज गर्नका साथै तीन जना विद्यार्थीलाई पक्रेरपनि लगेको उनले बताए । क्याम्पस प्रमुख रविन्द्र यादव र सञ्चालक समितिका अध्यक्ष प्रेमप्रकाश खेतानले राजीनामा नदिएसम्म आँफुहरुको आन्दोलन नरोकिने चेतावनी समेत दिए ।
प्रदर्शनमा सहभागी ठाकुरराम बहुमुखी क्यनाम्पसका स्ववियु सभापति राजकुमार यादवले सामुदायिक क्याम्पसलाई सञ्चालक समितिमा रहेकाहरुले निजीकरण गरेर बर्बाद पारेको आरोप लगाए । उनले क्याम्पस व्यवस्थापन पक्ष र शिक्षकहरुबीचको आपसी द्धन्द्धले विधार्थीहरुको भविष्य बर्बाद भइरहेको बताए।
यता क्याम्पस सञ्चालक समितिका सल्लाहकार जयप्रकाश खेतानले भने शिक्षकहरुले विद्यार्थीहरुलाई उचालेर क्याम्पसको शैक्षिक वातावरण विगारिरहेको बताए । नाजाय माग राखेर शिक्षकहरुले आन्दोलन गरेकोका कारण उनिहरुको माग व्यवस्थापन पक्षले पुरा गर्नसक्ने अवस्था नरहेको बताए ।
क्याम्पस प्रमुख रविन्द्र यादव भने सम्पर्कमा आउन चाहेनन् । उनको मोबाइल नम्बरमा पटक पटक फोन गर्दासमेत सम्पर्क हुन सकेन ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
बिकी यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३