KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
अपाङ्गतामैत्री समाचार सम्प्रेषणका लागि सञ्चारकर्मीलाई अभिमुखीकरण

अपाङ्गतामैत्री समाचार सम्प्रेषणका लागि सञ्चारकर्मीलाई अभिमुखीकरण

अखिलेश कुमार यादव। कार्तिक १७ सिमरा । अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र समावेशिताका विषयमा समाचार सम्प्रेषण गर्दा मर्यादित तथा सम्मानजनक शब्दावली प्रयोग गर्नुपर्नेमा जोड दिँदै सञ्चारकर्मीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नेत्रहीन युवा संघ नेपालको आयोजनामा बाराको सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा सञ्चारकर्मीहरूसँग अपाङ्गतासम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेत्रहीन युवा संघ बाराका अध्यक्ष सुदीप चौधरीले पत्रकारिताका क्रममा समाचार, लेख, रचना तथा सम्पादकीय तयार पार्दा जानीनजानी अपाङ्गता भएका व्यक्तिहरूको मान–मर्यादामा आँच पुग्ने शब्द प्रयोग हुन सक्ने भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरे ।

Advertisement

 

Advertisement

 

Ad

अपाङ्गतासम्बन्धी समाचार सम्प्रेषण गर्दा सम्मानजनक र मर्यादित शब्दावली प्रयोग गर्नुपर्ने बताउँदै समाचार वा लेखले अपाङ्गता भएका व्यक्तिको जीवनमा नकारात्मक असर नपर्ने गरी सामग्री तयार पार्नुपर्नेमा उनले जोड दिए । पत्रकारिता राज्यको चौथो अंग भएकाले अपाङ्गताका विषयमा कलम चलाउँदा व्यक्तिको आत्मसम्मान, अधिकार र गोपनीयतालाई विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो । कार्यक्रमका प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीले अपाङ्गता भएका व्यक्तिलाई हेर्ने परम्परागत तथा सामाजिक दृष्टिकोणमा विभिन्न संघसंस्थाको प्रयासका कारण क्रमिक सुधार हुँदै गएको बताए । यद्यपि धार्मिक तथा सामाजिक परिवेशमा अझै पनि केही नकारात्मक सोच र व्यवहार विद्यमान रहेको उनको भनाइ थियो ।

Advertisement

 

Advertisement

 

नेत्रहीन युवा संघले निरन्तर रूपमा अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि काम गर्दै आएको भन्दै उनले संस्थाको प्रशंसा गरे । स्थानीय तहका राजनीतिक तथा समसामयिक विषयसँगै अपाङ्गता भएका व्यक्तिहरूका सवाललाई पनि सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्ने अधिकारीले बताए । उनीहरूको अधिकार र हितका लागि सञ्चारकर्मीलाई आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे । कार्यक्रम संयोजक निलु महर्जनले अपाङ्गता समावेशीकरण, अपाङ्गतासम्बन्धी आख्यान तथा समुदायमा अपाङ्गताबारे व्याख्या गर्ने सही तरिका, अपाङ्गताको वर्गीकरण, अपाङ्गता भएका व्यक्तिहरूले भोग्नुपरेका समस्या तथा समाजमा उनीहरूमाथि हुने कलंक र विभेदका विषयमा सहजीकरण गरेकी थिइन् ।

 

 

 

उनले अपाङ्गता भएका व्यक्तिहरूलाई सम्बोधन गर्दा प्रयोग गर्नुपर्ने मर्यादित र सही शब्दावलीबारे जानकारी गराउँदै सञ्चारमाध्यमले विशेष दिवसमा मात्र नभई नियमित रूपमा अपाङ्गताका सवाललाई समाचारको विषय बनाउनुपर्ने बताइन् । सञ्चारमाध्यमले प्रस्तुत गर्ने विषयवस्तुले समाजको सोच र दृष्टिकोण निर्माणमा प्रभाव पार्ने भएकाले अपाङ्गता भएका व्यक्तिको आत्मसम्मानमा चोट पुग्ने शब्द प्रयोग नगर्न उनले सञ्चारकर्मीलाई आग्रह गरिन् । त्यसैगरी नेपाल नेत्रहीन संघका कोषाध्यक्ष सुनिल सिंहले नेपालमा अपाङ्गताको क्षेत्रमा संघसंस्थाहरूले गर्दै आएका गतिविधि, अधिकारका लागि भएका प्रयास तथा अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक सहभागिता र समावेशीकरणका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडाले अपाङ्गमैत्री सञ्चार निर्देशिका, २०७३ सम्बन्धी प्रस्तुतीकरण गरेका थिए । उनले अपाङ्गतासम्बन्धी समाचार सम्प्रेषण गर्दा पत्रकार तथा सञ्चारमाध्यमले पालना गर्नुपर्ने कर्तव्य, समाचार लेखनमा अपनाउनुपर्ने संवेदनशीलता, सही शब्दावलीको प्रयोग तथा अपाङ्गता भएका व्यक्तिको मर्यादा र गोपनीयताको संरक्षणबारे जानकारी गराएका थिए ।

 

 

aaअभिमुखीकरणमा सहभागी सञ्चारकर्मीहरूलाई अपाङ्गता भएका व्यक्तिहरूलाई दयाको पात्रका रूपमा नभई अधिकार भएका नागरिकका रूपमा प्रस्तुत गर्नुपर्ने, उनीहरूको क्षमता, सहभागिता र उपलब्धिलाई प्राथमिकता दिनुपर्ने तथा विभेद र बहिष्करणविरुद्ध तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्ने विषयमाa जानकारी गराइएको थियो । कार्यक्रमले सञ्चारमाध्यममार्फत अपाङ्गता भएका व्यक्तिप्रति समाजमा रहेको नकारात्मक सोच, विभेद र गलत धारणाको अन्त्य गर्न सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।सो अभिमुखरण कार्यक्रम बाट सिमरा घोषणापत्र समेत सार्वजनिक गरिएको छ।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation