KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
बागमती सिँचाइ आयोजनाका ज्यालादारी कर्मचारी आन्दोलनमा

बागमती सिँचाइ आयोजनाका ज्यालादारी कर्मचारी आन्दोलनमा

रौतहट।

Advertisement

पाँच बुँदे माग राख्दै बागमती सिँचाइ आयोजना सर्लाही कर्मैयाका ज्यालादारी कर्मचारीहरू आन्दोलित भएका छन्। आयोजना प्रमुखलाई ज्ञापनपत्र दिँदै उनीहरूले माग सम्बोधन गर्न अनुरोध गर्दै आन्दोलित भएका हुन ।

Advertisement

उनीहरूले ज्यालादारीमा कार्यरत कर्मचारीहरूको सेवा सुविधा, सामाजिक सुरक्षा तथा श्रम अधिकार सुनिश्चित गर्नुपर्ने, कर्मचारीहरूले दैनिक ज्यालादारी कर्मचारीको उमेर हद खारेज गर्नुपर्ने, २०८३ कात्तिक ११ गते प्रकाशित सिँचाइ नर्म्समा सुधार गर्नुपर्ने तथा सिँचाइ विभागको पत्रसहित सिँचाइ मन्त्रालयमा दर्ता भएको नौ सदस्यीय समितिको सेवा सुविधासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने माग राख्दै ज्यालादारी कर्मचारी परिवार आन्दोलित भएका हुन्। उनीहरूको मागपत्रमा चाडपर्व खर्च तथा पोशाकको व्यवस्था गर्नुपर्ने, महँगी भत्ता उपलब्ध गराउनुपर्ने र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्ने रहेको छ ।

Ad

 

Advertisement

माग सम्बोधन नहुँदासम्म ज्यालादारी कर्मचारीहरुले कात्तिक १६ देखि २० गतेसम्म बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म कार्यालयको मुख्य प्रवेशद्वारमा कालोपट्टी बाँधेर धर्ना दिने भएका छन्।मागको सुनुवाई नभए मंसिर १ देखि ७ गतेसम्म कार्यालयको मुख्य प्रवेशद्वारमा तालाबन्दी गरी धर्ना दिने, मंसिर ८ देखि १३ गतेसम्म सवारीसाधन प्रवेश गर्ने गेट र कार्यालयको मुख्यद्वार दुवैमा तालाबन्दी गरी विरोध गर्ने कार्यक्रम तय गरिएको ज्यालादारी कर्मचारी संघर्ष समिति एवं आन्दोलन परिचालन समितिका संयोजकका संयोजक सुरज पासवानले बताए। ज्यालादारी कर्मचारीहरूको आन्दोलन र धर्नाको कारण कार्यालयको कामहरू प्रभावित भएको छ।

Advertisement

आन्दोलनका कार्यक्रमअनुसार मंसिर १४ गतेदेखि हेडवर्क्स ब्यारेजका गेटहरू सञ्चालन अवस्थामा राख्दै सम्पूर्ण ज्यालादारी कर्मचारीले काम बहिष्कार गरी माग सम्बोधन नभएसम्म अनिश्चितकालीन आन्दोलनमा बस्ने चेतावनी दिएका

छन्।

 

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation