KATHMANDU WEATHER
Horizontal Scroll Menu
असार १ गतेदेखि चिया उद्योग बन्द हुने

असार १ गतेदेखि चिया उद्योग बन्द हुने

भारतले चिया आयातमा कडाइ गरेपछि इलामका अधिकांश चिया उद्योग बन्द हुने भएका छन् । देश भरको चिया उद्योगीहरूको संस्था सूर्योदय टी प्रोड्युसर्स एसोसिएसन नेपालले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी आउँदो असार १ गते देखि चिया उद्योगहरू बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था आएको जनाएको छ । 

 

विज्ञप्तिमा भारतीय टी बोर्डले स्ट्यान्डर्ड अपरेटिंग प्रोसिजर जारी गरेपछि नेपाली चिया निर्यातमा ठुलो बाधा पुगेको उल्लेख छ । विज्ञप्तिमा जटिल गुणस्तर जाँचको बहानामा भारतीय बजारमा पुगेको २ लाख किलो भन्दा बढी तयारी चिया भारतीय गोदाममै थन्किएको र नमुना परीक्षणका लागि लगिएको चियाको महिना दिन सम्म रिपोर्ट नदिएको जनाइएको छ ।

 

यदि उक्त नमुनाको रिपोर्ट गुणस्तरहीन देखिएमा उक्त चियालाई भारतीय गोदाममै नष्ट गर्नुपर्ने जस्ता अव्यवहारिक नियम थपिएको उल्लेख गरिएको छ । 

 

यस्तो परिस्थितिमा उद्योगहरूले किसानको चियाको भुक्तानी समेत गर्न नसकेको कारण उद्योगहरू बन्द गर्न बाध्य भएको जनाइएको छ । अहिले नेपालका उद्योगहरूमा दश लाख किलो भन्दा बढी तयारी चिया रहेको बताइएको छ ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३