KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
अस्पतालको नाम लेखिएको भ्यानबाट ६० किलो गाँजा बरामद

अस्पतालको नाम लेखिएको भ्यानबाट ६० किलो गाँजा बरामद

विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्रबाट प्रहरीले अस्पतालको नाम लेखिएको भ्यानबाट करिब ६० किलो गाँजा बरामद गरेको छ।

 

विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकमा मंगलबार राति सशस्त्र प्रहरी बल नेपाल बीओपी दरैयाबाट खटिएको टोलीले ‘दिव्य ज्योती अस्पताल प्रा. लि.’ लेखिएको को १ च ६६२० नम्बरको सुजुकी भ्यान रोकेर जाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो।

Call Us for Ads

 

सशस्त्र प्रहरीका अनुसार राति करिब ११ बजे सुरक्षाकर्मीले भ्यान रोकेर चेकजाँच गर्न खोज्दा चालक गाडीमै नबसी फरार भएका थिए।

 

चालक भागेपछि सुरक्षाकर्मीले भ्यानको खानतलासी गर्दा दुईवटा बोरामा प्याक गरेर राखिएको अवस्थामा करिब ६० किलो गाँजा फेला परेको जनाएको छ।

 

बरामद गरिएको गाँजा र भ्यानलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

 

चालक फरार रहेकाले घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation