बारामा ११ वर्षीय बालकको हत्या, १७ वर्षीय किशोर पक्राउ
सिमरा: बाराको विश्रामपुरमा ११ वर्षीय नाबालक राजेशकुमार साहको अपहरणपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार विश्रामपुर गाउँपालिका-३ मुसहर्वा निवासी ११ वर्षीय राजेश भदौ ९ गतेदेखि घरबाट हराएका थिए । खोजतलासका क्रममा भदौ ११ गते भारत बिहारको मोतिहारी जिल्लास्थित नुनयाडी पञ्चायत–१ स्थित सिंहा नदीको किनारमा उनको शव फेला परेको थियो । मृतककी आमाले भारत पुगेर शवको पहिचान गरेकी थिइन् ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले संकलन गरेको सिसिटिभी फुटेज, स्थानीय मानिसहरूको बयान र भारतीय प्रहरीसँगको समन्वयका आधारमा १७ वर्षीय किशोरको संलग्नता पुष्टि भएको हो । प्रहरीले कानुनबमोजिम ती किशोरको नाम सार्वजनिक गरेको छैन।
अनुसन्धानबाट ती किशोरले राजेशलाई विश्रामपुरबाट अपहरण गरी भारत पुर्याएर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।
प्रहरीले पक्राउ परेका किशोरविरुद्ध अपहरण तथा कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गरेको छ । बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

