KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
बालेनमाथि रक्षा बमको शब्द प्रहार : ‘जेनजीले रगत नबगाएको भए कहाँ पुग्थे?’

बालेनमाथि रक्षा बमको शब्द प्रहार : ‘जेनजीले रगत नबगाएको भए कहाँ पुग्थे?’

काठमाडौं । खुलामञ्चमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन चलिरहेको प्रसङ्गलाई लिएर प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत गरेको टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा बमले तीखो प्रतिक्रिया जनाएकी छन्।
प्रधानमन्त्री शाहको व्यङ्ग्यात्मक टिप्पणीपछि आइतबार फेसबुकमार्फत प्रतिक्रिया दिँदै अभियन्ता बमले नयाँ पुस्ताको आन्दोलन, त्यस क्रममा भएको रगत र बलिदानकै जगमा अहिलेको राजनीतिक नेतृत्वले अवसर पाएको दाबी गरेकी छन्।
बमले लेखेकी छन्, ‘धन्न जेन-जीहरूले आन्दोलन गर्दिएर, रगत बगाइदिएर, घाइते/सहिद भइदिएर, सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री, मन्त्री र सांसद हुन पाएका छन्।’
उनको यो अभिव्यक्ति प्रधानमन्त्री शाहको यसअघिको सामाजिक सञ्जाल पोस्टप्रति लक्षित देखिन्छ।
यसअघि खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति गगन थापाले प्रधानमन्त्री संसद्मा उपस्थित नहुने गरेको भन्दै प्रश्न उठाएका थिए।
थापाको टिप्पणीपछि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्’ भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका थिए।
प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिपछि बमले सामाजिक सञ्जालमार्फत जवाफ दिँदै राजनीतिक नेतृत्वको संस्कार, मर्यादा र नयाँ पुस्ताको आन्दोलनको योगदानबारे प्रश्न उठाएकी हुन्।
बमको प्रतिक्रियाले प्रधानमन्त्री शाह र जेनजी आन्दोलनसँग जोडिएका अभियन्ताबीच सामाजिक सञ्जालमा पुनः राजनीतिक बहस चर्किने संकेत देखिएको छ।

Advertisement
Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation