KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
सलमान खानको ‘युवा रूप’ भन्दै भाइरल बने साजिद नाडियाडवालाका छोरा सुफयान

सलमान खानको ‘युवा रूप’ भन्दै भाइरल बने साजिद नाडियाडवालाका छोरा सुफयान

मुम्बई । बलिउड सुपरस्टार सलमान खानसँग अनुहार, हेयरस्टाइलदेखि शारीरिक बनोटसम्म मिलेको भन्दै एक युवा अहिले भारतीय सामाजिक सञ्जालमा चर्चाको केन्द्रमा छन्। उनी चर्चित फिल्म निर्माता साजिद नाडियाडवाला र उनकी पत्नी वर्धा खान नाडियाडवालाका कान्छा छोरा सुफयान नाडियाडवाला हुन्।

Advertisement

सुफयानका पछिल्ला तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रयोगकर्ताहरूले उनलाई सलमान खानको ‘युवा रूप’ भन्दै तुलना गर्न थालेका छन्। विशेषगरी उनको अनुहारको बनोट, हेयरस्टाइल, शरीरको बनोट र हाउभाउ युवा अवस्थाका सलमानसँग मिलेको भन्दै विभिन्न प्रतिक्रिया आइरहेका छन्।

Advertisement

सुफयान र सलमानबीचको समानताको चर्चा भने अहिले मात्रै सुरु भएको होइन। अप्रिल २०२६ मा पनि सुफयानको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यसबेला उनलाई ‘९० को दशकका सलमान खान’ र ‘सलमानको यंगर भर्सन’ भन्दै प्रयोगकर्ताहरूले तुलना गरेका थिए।

Ad

सलमानकै अगाडि परे सुफयान

Advertisement

पछिल्लो समय सुफयानको चर्चा अझ बढ्नुको कारण उनको सलमान खानसँगै देखिएको तस्वीर र भिडियो हो।

Advertisement

मुम्बईमा आयोजित ‘प्रेम कीटाणु’ को स्क्रिनिङमा सुफयान आफ्ना बुबा साजिद नाडियाडवाला र आमा वर्धासँग पुगेका थिए। सोही कार्यक्रममा उनको भेट सलमान खानसँग भएको थियो।

सलमान र सुफयान एकै स्थानमा देखिएपछि सामाजिक सञ्जालमा उनीहरूको अनुहार मिल्ने विषयले थप चर्चा पाएको छ। केही प्रयोगकर्ताले भने सुफयानको अनुहार उनका पिता साजिद नाडियाडवालासँग बढी मिल्ने बताएका छन्। कतिपयले उनलाई अभिनेता विजय वर्मा तथा हलिउड अभिनेता टम हल्यान्डसँग समेत तुलना गरेका छन्।

को हुन् सुफयान नाडियाडवाला?

सुफयान बलिउडको चर्चित फिल्मी परिवारका सदस्य हुन्। उनका पिता साजिद नाडियाडवाला बलिउडका स्थापित निर्माता हुन्। ‘हाउसफुल’, ‘बागी’ र ‘किक’ जस्ता चर्चित फिल्मसँग उनको नाम जोडिएको छ।

सुफयानका दाजु सुभान नाडियाडवाला भने अभिनय क्षेत्रमा प्रवेश गर्ने तयारीमा रहेको बताइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार सुभान शशांक खेतानले निर्देशन गर्ने भनिएको ‘ऐसी दीवानगी’ मार्फत बलिउडमा डेब्यु गर्ने तयारीमा छन्।

सुफयानले भने तत्काल फिल्म क्षेत्रमा प्रवेश गर्ने योजना नरहेको बताइएको छ। त्यसैले अहिले उनको चर्चा अभिनय वा फिल्मका कारण नभई सलमान खानसँग मिल्दोजुल्दो अनुहारका कारण भइरहेको छ।

सलमान र साजिदको दशकौँ पुरानो सम्बन्ध

सुफयान र सलमान खानको अनुहार मिलेको विषयले थप चर्चा पाउनुको अर्को कारण सलमान र साजिद नाडियाडवालाबीचको लामो समयदेखिको मित्रता हो।

सलमान खान र साजिद नाडियाडवाला सन् १९९० को दशकदेखि नै निकट सम्बन्धमा रहेका छन्। उनीहरूको सम्बन्ध फिल्मी सहकार्यमा मात्र सीमित छैन।

साजिदले आफ्नी पत्नी वर्धासँग विवाह गर्दा निम्त्याएका सीमित अभिनेता पाहुनामध्ये सलमान खान पनि एक थिए। सलमानले विभिन्न अवसरमा साजिदलाई आफ्ना दाजुभाइसरह परिवारको सदस्यका रूपमा हेर्ने गरेको बताएका छन्।

साजिदले पनि सलमानसँगको सम्बन्धलाई सामान्य फिल्मी मित्रताभन्दा माथिको रूपमा व्याख्या गर्दै आएका छन्। यही पारिवारिक निकटताका कारण साजिदका छोरा सुफयान सलमानजस्तै देखिएको चर्चा बलिउड फ्यानहरूका लागि थप रोचक बनेको छ।

हाल सुफयानको तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा शेयर भइरहेका छन् भने उनका बारेमा विभिन्न किसिमका प्रतिक्रिया पनि सार्वजनिक भइरहेका छन्।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation