KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
भोटेकोशी बाढीपीडितका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति

भोटेकोशी बाढीपीडितका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति

बिरगंज, पर्सा, २२ कार्तिक 

Advertisement

काठमाडौं । भोटेकोशी बाढीका कारण अभिभावक गुमाएका तथा अभिभावक बेपत्ता भएका बालबालिकालाई सरकारले उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको छ।

Advertisement

 

Ad

शिक्षा तथा खेलकुद मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै प्रभावित बालबालिकालाई विद्यालय तहदेखि उच्च शिक्षासम्म निःशुल्क अध्ययनको व्यवस्था मिलाउने प्रक्रिया अघि बढाएको हो।

Advertisement

 

Advertisement

मन्त्रालयका अनुसार पहिलो चरणमा २७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ। त्यसपछि थप प्रभावित विद्यार्थीको पहिचान गरी चरणबद्ध रूपमा छात्रवृत्ति कार्यक्रम विस्तार गरिने शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।

 

यसअघि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना सञ्चालन निर्देशिका, २०८३’ स्वीकृत गरी विद्यालय तहमा निःशुल्क शिक्षाको व्यवस्था कार्यान्वयनमा ल्याएको थियो। पछिल्लो निर्णयसँगै अब प्रभावित बालबालिकाले उच्च शिक्षासमेत निःशुल्क हासिल गर्न पाउने भएका छन्।

 

निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन सम्बन्धित निकाय र स्थानीय तहसँग समन्वय गरिने मन्त्रालयले जनाएको छ।

 

त्यसैगरी, उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई विश्वविद्यालय तथा क्याम्पसमा उपलब्ध छात्रवृत्ति कोटामा थप गरी समेट्ने व्यवस्था मिलाइनेछ। यसका लागि विश्वविद्यालय अनुदान आयोगमार्फत आवश्यक प्रक्रिया अघि बढाइने मन्त्रालयको भनाइ छ।

 

सरकारको यस निर्णयले भोटेकोशी बाढीका कारण अभिभावक गुमाएका तथा बेपत्ता भएका बालबालिकाको शैक्षिक भविष्य सुरक्षित गर्न र आर्थिक अभावका कारण पढाइ छोड्नुपर्ने अवस्थालाई रोक्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation