सभापति तपाईं कि गगन थापा ?’ भन्ने पत्रकारको प्रश्नमा देउवा आक्रोशित
बिरगंज, पर्सा, २१ कार्तिक
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पत्रकारको एक प्रश्नपछि आक्रोशित बनेका छन्। पार्टीको आधिकारिक नेतृत्वबारे सोधिएको प्रश्नमा देउवाले असन्तुष्टि जनाउँदै पत्रकारलाई पहिले नै जवाफ दिइसकेको भन्दै प्रतिक्रिया दिएका हुन्।
शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको १५औँ अधिवेशनअन्तर्गत आफ्नो पक्षले राष्ट्रिय सभागृहमा आयोजना गरेको समानान्तर अधिवेशनमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूले देउवालाई विभिन्न प्रश्न गरेका थिए।
सोही क्रममा एक पत्रकारले, ‘नेपाली कांग्रेसको सभापति तपाईं हो कि गगन थापा हो ?’ भन्दै प्रश्न गरेका थिए।
प्रश्न सुन्नासाथ देउवा आक्रोशित हुँदै औँलो ठड्याएर जवाफ दिएका थिए, ‘त्यहाँ बोलिसकेँ मैले ! त्यहाँ बोलिसकेँ त ! ए भाइ, त्यहाँ बोलेको सुन्नुभएन तपाईंले ?’
पत्रकारले आफ्नो प्रश्नको स्पष्ट जवाफ माग्दै पुनः जिज्ञासा राखेपछि देउवाले ‘त्यही हो ! मैले बोलिसकेको छु’ भन्दै थप प्रतिक्रिया दिएका थिए।
यसैबीच सञ्चारकर्मीहरूले पछिल्लो समय चर्चामा रहेको १८ करोड रुपैयाँसम्बन्धी विवाद र त्यस विषयमा सरकारले छानबिन तथा कारबाही गर्नुपर्ने वा नपर्नेबारे पनि प्रश्न गरेका थिए। तर देउवाले यस विषयमा स्पष्ट जवाफ नदिई ‘नेपाल सरकारलाई सोध्नुस् न’ भन्दै प्रतिक्रिया दिएका थिए।
यसअघि अधिवेशनलाई सम्बोधन गर्ने क्रममा देउवाले पार्टीभित्र १८ करोड रुपैयाँको आर्थिक चलखेल भएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। उनले पार्टीभित्रको आर्थिक गतिविधि र नेतृत्वसँग जोडिएका विषयमा आफ्नो धारणा राखेका थिए।
कार्यक्रमस्थलबाट बाहिरिने क्रममा पनि पत्रकारहरूले पार्टीको नेतृत्व र पछिल्लो विवादबारे निरन्तर प्रश्न गरेपछि देउवा थप प्रतिक्रिया नदिई गाडी चढेर बाहिरिएका थिए।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






