KATHMANDU WEATHER
Horizontal Scroll Menu
दुर्गा प्रसाईँविरुद्ध अदालतमा मुद्दा दायर, ५ वर्ष कैद र जरिवानाको माग

दुर्गा प्रसाईँविरुद्ध अदालतमा मुद्दा दायर, ५ वर्ष कैद र जरिवानाको माग

९ बैशाख, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले प्रसाईँलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम अधिकतम ५ वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना गर्न माग गर्दै अभियोगपत्र दर्ता गरेको हो । प्रसाईँले पटक–पटक यस्तो कसुर गरेको भन्दै थप सजाय र पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउनसमेत माग गरिएको छ ।

प्रसाईँमाथि सामाजिक सञ्जाल (फेसबुक) मार्फत आगामी निर्वाचनका सन्दर्भमा भ्रामक, उत्तेजक र हिंसात्मक अभिव्यक्ति दिएको गम्भीर आरोप लागेको छ । विशेषगरी २०८२ फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनको विरोधमा उनले दिएका अभिव्यक्तिहरूले समाजमा वैमनस्यता फैलाउन खोजेको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।

उनले निर्वाचन भएमा ‘देश टुक्रिन्छ’ र ‘अशान्ति मच्चिन्छ’ भन्दै निर्वाचन आचारसंहिता, २०८२ को समेत ठाडो उल्लंघन गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ ।

प्रमाणका रूपमा पेश गरिएका भिडियोहरूमा प्रसाईँले राजसंस्था र हिन्दु राज्य कायम नभएसम्म निर्वाचन हुन नदिने अडान राख्दै ‘मर्न र मार्न तयार हुने’ जस्ता उत्तेजक शब्दहरू प्रयोग गरेका छन् ।

यस्ता अभिव्यक्तिले सार्वजनिक शान्ति र सुरक्षामा चुनौती थपेको सरकारी पक्षको दाबी छ । अब यो मुद्दामा अदालतले गर्ने थप सुनुवाइ र फैसलाले प्रसाईँको राजनीतिक तथा व्यवसायिक भविष्यमा ठूलो प्रभाव पार्ने देखिएको छ ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

बिकी यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३