KATHMANDU WEATHER
Horizontal Scroll Menu
पाकिस्तानबाट एकै दिनमा ६ हजारभन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता

पाकिस्तानबाट एकै दिनमा ६ हजारभन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता

९ वैशाख,काठमाडौं । एकै दिनमा कम्तीमा ६ हजार १ सय ४८ अफगान शरणार्थीहरू पाकिस्तानबाट स्वदेश फर्किएका छन्।

अफगानिस्तानको फिर्ता हुनेहरूको समस्या सम्बोधन गर्ने उच्च आयोग ले सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार आइतबार उक्त संख्यामा शरणार्थीहरू अफगानिस्तान फर्किएका हुन्।

आयोगका अनुसार उनीहरू पूर्वी नान्गाहार प्रान्तको तोर्खाम सीमा नाका तथा दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डाक सीमा नाकाबाट स्वदेश प्रवेश गरेका थिए। आगमन बिन्दुमै उनीहरूलाई आवश्यक सरकारी सहयोग उपलब्ध गराइएको पनि जनाइएको छ। सोही दिन ४७१ अफगान शरणार्थीहरू इरानबाट पनि फर्किएका थिए।

प्रतिवेदनअनुसार सन् २०२५ मा मात्रै करिब २८ लाख अफगान शरणार्थीहरू स्वदेश फर्किसकेका छन्। लामो समयदेखि जारी विस्थापनका कारण अझै पनि ६० लाखभन्दा बढी अफगान शरणार्थीहरू पाकिस्तान र इरानमा बसोबास गरिरहेका छन्।

दुवै छिमेकी देशहरूले कागजातविहीन अफगान नागरिकहरूलाई स्वदेश फर्कन आग्रह गर्दै आएका छन्।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

बिकी यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३