घर बनाउनेलाई ७५ हजार अनुदानदेखि निःशुल्क सामग्रीसम्म, सरकारको यस्तो योजना
काठमाडौं । सरकारले पहिलोपटक घर निर्माण गर्ने नेपाली नागरिकलाई तोकिएको डिजाइन तथा मापदण्डअनुसार आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निःशुल्क उपलब्ध गराउने प्रस्ताव अघि सारेको छ।
पूर्वाधार विकास मन्त्रालयले शुक्रबार संसद् सचिवालयमा दर्ता गरेको भवन विधेयक, २०८३ मा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो। प्रस्तावित विधेयकअनुसार निश्चित मापदण्ड पूरा गर्ने पहिलोपटक घर निर्माण गर्ने नागरिकले निर्माण सामग्रीमा सहुलियत पाउने व्यवस्था अघि सारिएको छ।
प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’का अनुसार गोठ निर्माणका लागि समेत आवश्यक निर्माण सामग्री निःशुल्क उपलब्ध गराउने प्रस्ताव गरिएको छ।
त्यसैगरी, गरिब तथा विपन्न परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले संघ सरकारबाट ५० हजार रुपैयाँ र प्रदेश सरकारबाट २५ हजार रुपैयाँ गरी कुल ७५ हजार रुपैयाँसम्म अनुदान दिने व्यवस्था पनि विधेयकमा प्रस्ताव गरिएको छ।
विपद्को उच्च जोखिममा रहेका तथा असुरक्षित बस्तीमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी आवास निर्माण गरिदिने नीति पनि विधेयकमा समेटिएको छ।
प्रधानमन्त्री शाहका अनुसार प्रस्तावित व्यवस्थाको उद्देश्य निम्न तथा मध्यम आय भएका नागरिकको सुरक्षित आवासमा पहुँच सुनिश्चित गर्नु हो।
यद्यपि, यी सबै व्यवस्था हाल भवन विधेयक, २०८३ मा प्रस्तावित अवस्थामा रहेका छन्। विधेयक संसद्बाट पारित भएर आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि मात्रै कार्यान्वयनमा आउनेछन्।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






