KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
रौतहटमा पोखरीमा डुबेर २८ वर्षीय युवकको मृत्यु

रौतहटमा पोखरीमा डुबेर २८ वर्षीय युवकको मृत्यु

रौतहटको फतुवा विजयपुर नगरपालिका–१ बैरगिनिया टोलमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ।

Advertisement

मृत्यु हुनेमा स्थानीय रामहरी दासका छोरा अन्दाजी २८ वर्षीय राजेश दास रहेका छन्। दासलाई स्थानीय अरबिन्द यादवको पोखरीमा मृत अवस्थामा घोप्टो परेको अवस्थामा फेला पारिएको हो।

Advertisement

प्रहरीका अनुसार स्थानीयले बिहान १०:०५ बजे घटनाबारे इलाका प्रहरी कार्यालय सन्तपुर लक्ष्मिनियामा जानकारी गराएका थिए। सूचना पाएलगत्तै प्रहरी नायब निरीक्षक विनोद पासवानको कमाण्डमा टोली घटनास्थल पुगेको थियो।

Ad

घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरबाट प्रहरी निरीक्षक रादेश कुमार खत्रीको कमाण्डमा SOCO सहितको टोली खटिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Advertisement
Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation