हर्दिया मन्दिर परिसरमा वातावरण संरक्षणका लागि चौतारी पार्क निर्माण, असलम आलम द्वारा उद्घाटन
पर्सागढी २७ भदौ
वातावरण संरक्षण तथा धार्मिक–सामुदायिक क्षेत्रको सौन्दर्यीकरणलाई लक्षित गर्दै पर्सागढी नगरपालिका–५, हर्दिया मन्दिर परिसरमा चौतारी पार्क निर्माण गरिएको छ।
वन डिभिजन कार्यालय पर्साको वार्षिक कार्यक्रमअन्तर्गत १६ लाखको लागतमा निर्माण गरिएको उक्त चौतारी पार्कको उद्घाटन सवैया साझेदारी वन उपभोक्ता समितिका उपाध्यक्ष एवम् पर्सागढी नगरपालिकाका नगरसभा सदस्य तथा पूर्व वडा अध्यक्ष असलम आलमले गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा वातावरण संरक्षणसँगै सार्वजनिक तथा धार्मिक स्थलको संरक्षण, सरसफाइ र हरियाली प्रवर्द्धनमा यस्ता संरचनाले महत्वपूर्ण योगदान पुर्याउने बताइएको थियो। स्थानीयवासी तथा धार्मिक स्थलमा आउने श्रद्धालुहरूका लागि विश्रामस्थलका रूपमा समेत चौतारी पार्क उपयोगी हुने अपेक्षा गरिएको छ।
पार्क निर्माण उपभोक्ता समितिका उपभोक्ता अध्यक्ष रमेश प्रसाद यादव , आमोदिन हवारी, विरेन्द्र तिवारी, मनमोध यादव लगायत स्थानीयवासी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






