महोत्तरीमा युवकको शव टुक्रा–टुक्रा अवस्थामा फेला
महोत्तरीको बलवा नगरपालिका–७, बनौटामा एक युवकको शव घर पछाडिको सेफ्टी ट्याङ्कीभित्र टुक्रा–टुक्रा अवस्थामा फेला परेको छ।
प्रहरीका अनुसार मृतक भंगाहा नगरपालिका–६ निवासी अशोक कुमार वातरका करिब २२ वर्षीय छोरा विवेक कुमार सरदार हुन्।
विवेक भदौ १४ गते साँझ जलेश्वर नगरपालिका–९, पिगौनास्थित दिदीको घरबाट मोटरसाइकलमा आफ्नो घरतर्फ हिँडेपछि परिवारको सम्पर्कमा आएका थिएनन्। खोजीका लागि उनका बुबाले भदौ १६ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा निवेदन दिएका थिए।
प्रहरीको खोजीका क्रममा बलवा–७ बनौटाका अशोक कुमार ठाकुरको घर पछाडिको सेफ्टी ट्याङ्कीमा विवेकको शव फेला परेको हो।
घटनाको अनुसन्धानका क्रममा घरधनी अशोक कुमार ठाकुरसहित उनकी श्रीमती रामकली देवी, बुहारी सोनु कुमारी ठाकुर र महोत्तरी गाउँपालिका–५ निवासी सियाराम शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
घटनाको कारण र हत्यामा कसको संलग्नता छ भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






