KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
ह्युमन लभ च्यारिटी फण्डद्वारा लंगडी चौकमा बृहत् खुला रक्तदान-३ महिला  सहित ८८ जनाले गरे रक्तदान

ह्युमन लभ च्यारिटी फण्डद्वारा लंगडी चौकमा बृहत् खुला रक्तदान-३ महिला सहित ८८ जनाले गरे रक्तदान

 

Advertisement

राजन कुमार बानिया

Advertisement

पर्सा १३ भादौ

Ad

मानव जीवन बचाउन र रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले धोबीनी गाउँपालिका-४ लंगडी चौकमा आयोजित बृहत् खुला रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। Human Love Charity Fund द्वारा आयोजित उक्त कार्यक्रममा ३ महिला सहित ८८ जनाले आफ्नो अमूल्य रक्तदान गरेका छन। कार्यक्रममा विभिन्न क्षेत्रका नागरिक, युवा, समाजसेवी तथा रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो। रक्तदान गर्नेहरूमा 

Advertisement

महिलामा चित्रन्जना पटेल ,हिना बेगम, रेन्जु पटेल, रामपुर्ती साह कानु, निरज पटेल,लोकनाथा पटेल,रामान्नद ठाकुर,सुलतान मिया,रामबाबु पटेल, पसुराम पटेल, राजन गुप्ता, रोसन चौरसिया, उमेश साह कानु,अमन पटेल, प्रशान्त गुप्ता ,अलियास मिया, लगायतका व्यक्तिहरूले मानव सेवाको भावनासहित रक्तदान गरेका थिए। सहभागीहरूले रक्तदानलाई जीवनदानको रूपमा व्याख्या गर्दै नियमित रक्तदान अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

Advertisement

Human Love Charity Fund का अध्यक्ष डा.इम्रान अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिमा धोबीनी गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान र अतिथिमा वडा अध्यक्ष अबास मिया, मनाउर अहमद, कार्यपालिका सदस्य दिनेश कलवारको उपस्थिति रहेको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले रक्तदान मानवताको सबैभन्दा ठूलो सेवा भएको उल्लेख गर्दै रगतको अभावका कारण कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले यस्ता अभियान आवश्यक रहेको बताए। उनीहरूले युवाहरूलाई सामाजिक उत्तरदायित्व निर्वाह गर्दै नियमित रूपमा रक्तदान गर्न आग्रह गरेका थिए।

नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृज किशोर पटेलले रक्तदानले बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्ने धारणा व्यक्त गरे। उनले समाजमा रक्तदानसम्बन्धी सकारात्मक सन्देश फैलाउन युवाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।उक्त कार्यक्रममा नेपाल उपस्थिति रहेको थियोे।

आयोजक संस्थाले रक्तदान कार्यक्रममा सहभागी भई सहयोग गर्ने सम्पूर्ण रक्तदाता, अतिथि तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। कार्यक्रममा Human Love Charity Fund का रिजवान अन्सारी, बिकाश साह, अजय पटेल, मुकेश पटेल,रेयाज हुसेन,राजन कुमार बानिया, मुक्तीजहुर अन्सारी,खालिद जेया,नवसाद अन्सारी,अन्सारी,साजित अन्सारी, समिम समानी,निरज पटेल, सतयम गुप्ता,राममुर्ती साह कानु, लगाएतको सहभागी रहेको थियो र 

कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरवराज पाण्डेको नेतृत्वमा आएको प्राविधिक टोलीले रक्तसंकलनका लागि प्राविधिक सहयोग गरेको थियो ।

 

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation