KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
वीरगन्जका उद्योगपति तथा रुङ्गटा ग्रुपका सञ्चालक सुरेश रुङ्गटाले बाढीपीडितका लागि दिए २ कराेड १ लाख रुपैयाँ

वीरगन्जका उद्योगपति तथा रुङ्गटा ग्रुपका सञ्चालक सुरेश रुङ्गटाले बाढीपीडितका लागि दिए २ कराेड १ लाख रुपैयाँ

वीरगञ्ज । वीरगञ्जका वरिष्ठ उद्योगपति, समाजसेवी तथा रुङ्टा ग्रुपका अध्यक्ष मुरलीधर रुङ्टाले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।

 

रुङ्टा ग्रुपअन्तर्गत सञ्चालित विभिन्न उद्योग तथा प्रतिष्ठानबाट सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरिएको हो।

Call Us for Ads

 

यसअघि शनिबार हरिखेतान बहुमुखी कलेजमा आयोजित कार्यक्रममा कलेज व्यवस्थापन समितिका कोषाध्यक्षसमेत रहेका सुरेशकुमार रुङ्टाले बाढीपहिरो प्रभावित नागरिकको राहतका लागि ३० देखि ४० लाख रुपैयाँसम्म सहयोग गर्ने घोषणा गरेका थिए। तर घोषणाको भोलिपल्टै रुङ्टा ग्रुपले प्रतिबद्धताभन्दा करिब छ गुणा बढी अर्थात् २ करोड १ लाख रुपैयाँ उद्धार कोषमा जम्मा गरेको हो।

 

रुङ्टा ग्रुपका सञ्चालक सुरेशकुमार रुङ्टाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि २ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।

 

देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भइरहेका बेला प्रभावित परिवारलाई तत्काल राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको रुङ्टा ग्रुपले जनाएको छ।

 

ग्रुपले उद्योग तथा व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विभिन्न विपद्, स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ।

 

ग्रुपका सञ्चालक सुरेशकुमार रुङ्टाले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार विपद् तथा सामाजिक सेवाका क्षेत्रमा सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

विपद्को कठिन घडीमा निजी क्षेत्रबाट गरिएको २ करोड १ लाख रुपैयाँको सहयोगले प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। रुङ्टा ग्रुपको यो सहयोगलाई सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाको महत्वपूर्ण उदाहरणका रूपमा लिइएको छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation