KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
इन्दु घिमिरे सचिवमा बढुवा, पहिलो जिम्मेवारीमै रक्षा मन्त्रालय

इन्दु घिमिरे सचिवमा बढुवा, पहिलो जिम्मेवारीमै रक्षा मन्त्रालय

काठमाडौं । सरकारले वरिष्ठ सहसचिव इन्दु घिमिरेलाई सचिवमा बढुवा गर्दै रक्षा मन्त्रालयको सचिवमा पदस्थापन गरेको छ।

 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस समितिबाट पहिलो नम्बरमा सिफारिस भएकी घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। सचिवमा बढुवा हुनुअघि उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत थिइन्।

Call Us for Ads

 

यसैगरी, रक्षा सचिव केदारनाथ शर्मालाई गृह मन्त्रालयको सचिवमा सरुवा गरिएको छ। शर्मालाई गृहमा सरुवा गरेपछि रिक्त भएको रक्षा सचिवमा नवनियुक्त सचिव घिमिरेलाई पदस्थापन गरिएको हो।

 

सचिवमा बढुवा भएलगत्तै पहिलो पदस्थापनमै रक्षा मन्त्रालयको जिम्मेवारी पाउने अवसर घिमिरेले पाएकी छन्।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation