KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
रौतहटमा १७ वर्षीया किशोरी घरमै झुण्डिएको अवस्थामा मृत फेला

रौतहटमा १७ वर्षीया किशोरी घरमै झुण्डिएको अवस्थामा मृत फेला

रौतहट । रौतहटको गढीमाई नगरपालिका-९ मा १७ वर्षीया किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।

 

स्थानीय कृष्णनन्द सहनीकी १७ वर्षीया छोरी पुष्पा सहनी शनिबार साँझ आफ्नै दुईतले घरको माथिल्लो तलास्थित कोठामा काठको बिममा सलको पासो लगाएको अवस्थामा मृत फेला परेकी हुन्।

Call Us for Ads

 

प्रहरीका अनुसार शुक्रबार साँझ करिब ७ः१५ बजे उनकी आमाले पुष्पालाई झुण्डिएको अवस्थामा देखेपछि तत्काल प्रहरी चौकी बरियारपुरमा खबर गरेकी थिइन्। सूचना प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक संजय झाको कमाण्डमा दुई जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।

 

घटनास्थलमा पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धान तथा आवश्यक प्रक्रिया अघि बढाउँदै थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक उज्वल क्षेत्रीको कमाण्डमा SOCO सहितको टोली खटाएको जनाएको छ।

 

प्रहरीका अनुसार मृतक पुष्पा अविवाहित थिइन्। घटनास्थल प्रहरी चौकी बरियारपुरबाट करिब दुई किलोमिटर दक्षिणमा पर्छ।

 

किशोरीले यस्तो कदम चाल्नुको कारण भने हालसम्म खुल्न सकेको छैन। घटनाको प्रकृति र सम्भावित कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation