KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
कांग्रेस महाधिवेशनमा ९ हजार जनाका लागि भोजन व्यवस्थापन, बिहान कुखुरा, खसीको मासू र अण्डा, बेलूका सादा खाना

कांग्रेस महाधिवेशनमा ९ हजार जनाका लागि भोजन व्यवस्थापन, बिहान कुखुरा, खसीको मासू र अण्डा, बेलूका सादा खाना

पर्सा, २० असोज 

Advertisement

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवक तथा अन्य गरी करिब ८ हजार ५ सयदेखि ९ हजार जनाका लागि भोजनको व्यवस्था गरिएको छ।

Advertisement

भोजन व्यवस्थापन समितिका संयोजक तिलक रानाभाटका अनुसार असोज १९ देखि २२ गतेसम्म महाधिवेशनमा सहभागीका लागि बिहानको खाजा, दिउँसोको खाना, चिया–कुकिज तथा बेलुकाको खानाको व्यवस्था गरिएको हो।

Ad

उनका अनुसार बिहानको खाजा, दिउँसोको खाना र बेलुकाको खानाका लागि सहभागीहरू भृकुटीमण्डप पुग्नुपर्नेछ। दिउँसो २ बजेदेखि ५ बजेसम्म चिया–कुकिजको व्यवस्था गरिनेछ भने साँझ ५ः३० देखि ८ः३० बजेसम्म बेलुकाको खाना उपलब्ध हुनेछ।

Advertisement

महाधिवेशनमा करिब ७ हजार ८ सय प्रतिनिधि सहभागी हुनेछन्। पर्यवेक्षक, स्वयंसेवक तथा अन्यलाई समेत जोड्दा करिब ९ हजार जनाका लागि भोजन व्यवस्थापन गर्नुपर्ने रानाभाटले बताए।

Advertisement

बिहानको खाजामा भटुरा, अन्डा, फलफूल र ब्रेड राखिएको छ। दिउँसोको खानामा भेज तथा ननभेज दुवै विकल्प रहनेछन्। ननभेज खानामा कुखुरा र खसीको मासुको व्यवस्था गरिएको समितिले जनाएको छ। बेलुकाको खाना भने सादा राखिएको छ।

भोजन व्यवस्थापनका लागि इन्ट्री फी तथा पार्टीको आन्तरिक स्रोतबाट कोष व्यवस्थापन गरिएको समितिले जनाएको छ।

यसपटक नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिका लागि आवासको प्रत्यक्ष व्यवस्था नगर्ने भएको छ। पार्टीले आवासका लागि आवश्यक सहजीकरण मात्रै गर्ने जनाएको छ।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation