माटोका भाँडा बनाउनेहरू भन्छन्– जीवन धान्नै धौं भो
भैरहवा– तराईका जिल्लामा माटोका भाँडा बनाएर गुजारा चलाउने समुदायका व्यक्ति वर्षौदेखि पीडित छन् । माटाका भाँडाको प्रयोगमा कमी आएपछि उनीहरुको पेशा संकटमा परेको हो । एक समय बाह्रैमास हुने व्यापार अहिले चाडबाडमा सिमित भएको छ ।
रोहिणी गाउँपालिका–३, का जोखनप्रसाद कोहार यस्तै पीडित मध्येका एक हुन् । उनी अहिले आफ्नो पेसाको भविष्यलाई लिएर गहिरो चिन्तामा छन् । उनका अनुसार एकातिर अहिले समाजमा आधुनिकताको गहिरो प्रभाव छ । अर्कोतिर युवा पुस्तामा सीप हस्तान्तरण हुन नसक्दा पुख्र्यौली पेसा संकटमा पर्ने उनलाई पिरलो छ ।
भाँडा तयार गर्ने चक्र जस्तै जोखनको जीवन पनि फनफनी घुमिरहेको छ । यहाँ कमाई नभएपछि उनी वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेर फर्किए । स्वदेश आएपछि उनी पूर्ण रूपमा यही पेसामा आबद्ध छन्् । ‘विदेश गए पनि सधैंभरिलाई कमाउन सकिएन,’ उनले भने, ‘यहाँ आएपछि सुरु गरेको पेसालाई कसैले चासो दिँदैनन् ।’
उनका अनुसार माटाका भाँडाकुँडा बनाउन धेरै मिहेनत लाग्छ । परम्परागत शैलीअनुसार चार दिनसम्म माटो भिँजाएर तयार गरेपछि चक्रमा राखेर आकार दिनुपर्छ । भाँडा तयार गरेपछि पाँचौ दिनमा भट्टीमा पोलेर बजारमा लैजाने गरिएको उनले बताए ।
गाउँ–सहरमा तिहारको रमझम सुरु भइसक्यो । त्यसैले अहिले पाला खरिद गर्न आउन थालेका छन् । गत वर्ष २० रुपैयाँ प्रति दर्जनका दरले माटाको पाला (दियो) बिक्री भएको थियो । यस वर्ष भने काठ तथा दाउराको मूल्यमा भएको भारी वृद्धि र माटोको अभावले ३० देखि ४० रुपैयाँ प्रतिदर्जनमा बिक्री गरिरहेको उनले बताए ।
चाडपर्वका बेला पाला मात्र बेचेर २५ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनको भनाई छ । यसैबाट परिवारको रोजिरोटि चलेको जोखनप्रसादले सुनाए । व्यवसायबाट दैनिक गुजारा चले पनि बचत न्यून हुने गरेको उनले बताए । । हातमा तीन–चार हजार रुपैयाँ भन्दा बढी बचत नहुने र माटो बेचेर कमाएको पैसा खेतीकिसानी र मलखाद खरिदमा खर्च हुने गरेको उनको भनाइ छ ।
ठाउँ–ठाउँबाट माटाका सामग्रीको माग आइरहे पनि उत्पादन गरेर बजारसम्म पुर्याउन नसकेको उनको गुनासो छ । श्रीमतीले बेला–बेला उनलाई साथ दिए पनि माग अनुसार आपूर्ति गर्न कठिन हुने गरेको छ ।
२५ वर्षदेखि यसै पेसामा सक्रिय अर्का व्यवसायी कोएल कोहाँरको अनुभव पनि उस्तै छ । तिहार जस्ता पर्वमा माटोबाट बनेका पाला, घण्टी लगायतका सामाग्रीको बजारमा अत्यधिक माग हुने गरेको उनले बताए । बजारमा माटोका वस्तुको माग राम्रै भए पनि समयमै उत्पादन पुर्याउन नसकिएको उनको भनाइ छ । विगतका वर्षको तुलनामा यस वर्ष व्यापार सन्तोषजनक र राम्रो रहेको कोएलले बताए ।
रुपन्देहीका यी कुमालहरूको कथाले एकातिर परम्परागत माटोका सामग्रीहरूको माग कायमै रहेको देखाएको छ । अर्कोतिर इन्धनको महँगी, माटोको अभाव, सीप हस्तान्तरण नहुँदा र स्थानीय सरकारको बेवास्ताले काँधमा जिम्मेवारी बोकेका पुराना पुस्ताका व्यवसायीहरू चिन्तामा बाँचिरहेका छन् ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






