रास्वपाका नेताहरूलाई वडाध्यक्ष बन्नै मन छैन, सबैको नजर मेयर र ठूला पदमा : रवि लामिछाने
बिरगंज, पर्सा, २० कार्तिक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र नेता तथा कार्यकर्तामा ठूला राजनीतिक पदप्रतिको आकांक्षा बढ्दै गएको बताएका छन्।
शुक्रबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै लामिछानेले पार्टीका नेताहरू वडाध्यक्ष बन्नसमेत इच्छुक नदेखिएको टिप्पणी गरे। उनका अनुसार पार्टीभित्र धेरैजसोको चाहना एकैपटक मेयर, प्रदेशसभा सदस्य तथा अन्य ठूला पद हासिल गर्ने देखिएको छ।
पार्टीका नेताहरू तल्लो तहबाट राजनीति सुरु गर्नभन्दा माथिल्लो पदमा पुग्न बढी उत्सुक देखिएको भन्दै उनले व्यंग्यात्मक शैलीमा असन्तुष्टि व्यक्त गरे।
लामिछानेले जनताले दिएको १८२ सिटको जनमतलाई शक्तिको दम्भ देखाउने माध्यम नभई जनताको सेवा गर्ने अवसरका रूपमा लिन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे।
उनले पार्टी ठूलो हुँदैमा राज्यका निकायमाथि आफ्नो नियन्त्रण रहेको मानसिकता राख्न नहुने स्पष्ट पारे। प्रहरी प्रशासन तथा जिल्ला प्रशासन कार्यालयका अधिकारीमाथि राजनीतिक दबाब सिर्जना गर्ने काम नगर्न पनि उनले नेता तथा कार्यकर्तालाई सचेत गराए।
विगतमा आफूहरूमाथि राजनीतिक प्रतिशोध भएको भन्दै अहिले राज्य संयन्त्रको दुरुपयोग गरेर त्यसको बदला लिन खोज्नु गलत हुने उनको भनाइ थियो।
पार्टीका गतिविधि र व्यवहारलाई समाजले नजिकबाट नियालिरहेको उल्लेख गर्दै लामिछानेले आलोचना गर्नेहरूमाथि आक्रामक रूपमा प्रस्तुत हुनु राजनीतिक संस्कार नभएको बताए।
त्यस्तै, पार्टीभित्र पद र अवसरका लागि हुने अस्वस्थ प्रतिस्पर्धा रोक्नुपर्नेमा उनले जोड दिए। उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन 'क्यान्डिडेट क्लब' विधि अपनाइएको पनि उनले जानकारी दिए।
लामिछानेले पार्टीका नेता तथा कार्यकर्तालाई पदको आकांक्षाभन्दा जनताको विश्वास र जिम्मेवारीलाई प्राथमिकता दिन आग्रह गरेका छन्।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






