न्यायाधीश भएपछि राजनीतिको चप्पल अदालतबाहिरै खोलेको छु : जनक पाण्डे
बिरगंज, पर्सा, २१ कार्तिक
काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेले न्याय सम्पादनका क्रममा आफूले राजनीतिक विचार, आस्था र प्रभावलाई अदालतबाहिरै छाड्ने गरेको बताएका छन् ।
शनिबार संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा सांसदहरूले उनको न्यायिक निष्पक्षता र विगतका फैसलाबारे प्रश्न उठाएका थिए । सोही क्रममा नेकपा एमालेकी सांसद पद्मा अर्यालले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणसम्बन्धी मुद्दामा फरक राय दिएको विषय उठाउँदै न्यायिक निष्पक्षता र जवाफदेहिताबारे प्रश्न गरेकी थिइन् ।
जवाफमा पाण्डेले न्यायाधीश भएपछि राजनीतिक आग्रह र पूर्वाग्रहबाट मुक्त भएर प्रमाण तथा मिसिलका आधारमा निर्णय गर्ने गरेको स्पष्ट पारे ।
‘म अदालतमा आइसकेपछि राजनीतिको चप्पल बाहिरै खोलेको छु । हामी न्यायाधीश भएपछि राजनीति गर्दैनौँ र गर्नु पनि हुँदैन,’ उनले भने ।
उनले अदालतमा राजनीतिक पृष्ठभूमि भएका व्यक्ति तथा दलसँग सम्बन्धित धेरै मुद्दा आउने भए पनि इजलासमा बसेपछि राजनीतिक विषयभन्दा प्रमाण र मिसिल महत्वपूर्ण हुने बताए ।
भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाणलाई थुनामा राख्ने वा धरौटीमा छाड्ने भन्ने विषयमा आफूले तत्काल प्राप्त प्रमाणका आधारमा राय दिएको पाण्डेको भनाइ थियो ।
उक्त मुद्दामा आफू र अर्का न्यायाधीश प्रकाश खरेलबीच फरक राय आएको उनले स्पष्ट पारे । आफ्नो राय नै अन्तिम फैसला नभएको उल्लेख गर्दै तेस्रो न्यायाधीशको इजलासबाट अन्तिम आदेश भएको उनको भनाइ थियो ।
पाण्डेले हेटौँडामा रहँदा बागमती प्रदेशका मुख्यमन्त्रीसम्बन्धी मुद्दामा पनि राजनीतिक प्रभावभन्दा कानुनी अवस्था र प्रमाणलाई आधार बनाएर निर्णय गरेको उदाहरण प्रस्तुत गरे ।
मुख्यमन्त्रीले शपथ लिइसकेको र विश्वासको मतसमेत प्राप्त गरिसकेको अवस्थामा अन्तरिम आदेश जारी गर्नु उपयुक्त नदेखिएको उनले बताए ।
न्यायाधीशले राजनीतिक विचार बोकेको हुन सक्ने भए पनि न्याय सम्पादन गर्दा त्यसको प्रभाव पर्न नहुनेमा जोड दिँदै पाण्डेले आफूले सधैँ निष्पक्ष र प्रमाणमा आधारित न्याय सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
संसदीय सुनुवाइ समितिमा पाण्डेको न्यायिक निष्पक्षता र विगतका फैसलाबारे सांसदहरूले विभिन्न प्रश्न उठाएका थिए ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






