KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र लुकाएर ल्याइएको १२९ बोतल कोरेक्स बरामद

मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र लुकाएर ल्याइएको १२९ बोतल कोरेक्स बरामद

जनकपुरधाम २१ कात्तिक ।

Advertisement

सर्लाहीमा मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र लुकाएर भारतबाट नेपाल ल्याउँदै गरिएको १२९ बोतल प्रतिबन्धित लागुऔषध कोरेक्स सशस्त्र प्रहरीले बरामद गरेको छ ।

Advertisement

ब्रह्मपुरी गाउँपालिका–४ स्थित त्रिभुवननगरमा सहायक सीमा स्तम्भ नम्बर ३२४/३ नजिक दशगजा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले शुक्रबार उक्त लागुऔषध बरामद गरेको हो ।

Ad

सशस्त्र प्रहरी बल नेपाल, बीओपी त्रिभुवननगरबाट सशस्त्र प्रहरी नायब निरीक्षक बलदेव राज पाण्डेको कमान्डमा खटिएको चार सदस्यीय मोटरसाइकल गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०१ एफभी ३३३१ नम्बरको मोटरसाइकललाई रोक्न खोजेको थियो ।

Advertisement

तर, प्रहरी टोलीलाई देखेपछि चालकले मोटरसाइकल खोला किनारमा छाडेर भारततर्फ फरार भएका थिए । त्यसपछि प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएर जाँच गर्दा पेट्रोल ट्याङ्कीभित्र लुकाएर राखिएका १०० एमएलका १२९ बोतल कोरेक्स फेला पारेको हो ।

Advertisement
Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation