पर्सा–२ : बदलिँदो राजनीतिक समीकरण र तीन धारको प्रतिस्पर्धा;एमाले र रावस्पामा कडा टक्कर; काग्रेसको मत घट्दै
कृष्ण यादव।लामो समयसम्म नेपाली काग्रेस र जनता समाजबादीको बलियो आधार क्षेत्रका रूपमा चिनिँदै आएको पर्सा निर्वाचन क्षेत्र नम्बर २ फेरि एकपटक तीव्र चुनावी चासोको केन्द्र बनेको छ । कांग्रेसको पुनरागमन, वाम धारभित्रको विभाजन , मधेस दलको बिभाजनले र नयाँ राजनीतिक शक्तिको उदयले यसपटकको प्रतिस्पर्धालाई अघिल्ला चुनावभन्दा फरक र रोचक बनाइदिएको छ ।
इतिहास हेर्दा २०६४ सालदेखि २०७९सालसम्म पर्सा–२मा काग्रेस र जसपाले निरन्तर विजय हासिल गर्दै आएको थियो ।
काग्रेसबाट अजय चौरसिया,राजेन्द्र बहादुर अमात्य फरक- फरक समयमा काग्रेसको विरासत जोगाउँदै आए।त्यसैगरी जसपा नेपालबाट करिमा बेगम र बिमल श्रिवास्तव फरक - फरक निर्वाचनमा बिरासत जोगाँउदै आएका थिए।यस क्षेत्रमा ०७४ र ०७९ सालको निर्वाचनमा गठबन्धनको कारणले एमालेले उम्मेदवारी नदिएपछि काग्रेस र जसपाो सिधै टक्कर हुन्थियो।
यी लगातारका नतिजाले पर्सा–२लाई काग्रेस र जसपा दुबै पार्टीको ‘आधार किल्ला’का रूपमा स्थापित गरिदिएको थियो । तर २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पाँचदलीय गठबन्धनको बलमा काँग्रेसले जित हाथ पार्यो।
२०७४ सालको निर्वाचनमा पाँचदलीय गठबन्धनको बलमा
नेपाली काग्रेसका अजय चौरसियाले २८ हजार४५१ मत ल्याएर जित्दा जनता समाजबादी नेपालबाट सुरेन्द्र कुर्मीले २२ हजार ४४५ मत ल्याएर दोस्रो स्थानमा रहेका थिए। दुई उम्मेदवारबीचको मतान्तर ६हजार६ मात्र हुनु नै पर्सा–२कति प्रतिस्पर्धात्मक क्षेत्र हो भन्ने प्रमाण हो ।
एमाले : संगठन मजबुत ,जेन्जी पुस्ताकी नयाँ महिला अनुहार , स्वच्छ छवि र तीन वटै स्थानीय तहको प्रमुखमा एमाले बिजय
एमालेले रिमा यादवलाई उम्मेदवार बनाएका छन्।स्थानीय तह निर्वाचन २०७९ का नतिजाले पनि यस क्षेत्रको राजनीतिक अंकगणित बुझ्न मद्दत गर्छ ।पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत तीन वटा स्थानीय तह पर्छन् ।
वीरगन्ज महानगरपालिका, बहुदरमाई नगरपालिका,पर्सागढी नगरपालिका गरि तिनै स्थानीयमा एमालेले नेतृत्व जित्दै आफ्नो परम्परागत पकड अझै बलियो रहेको संकेत दिएको छ ।
तीन वटा स्थानिय तहमा एमालेको मजबुत पकड रहेकोले रिमा यादवलाई जितको करिब देखिएको छ। नतिजाले पर्सा–२ एक दलको पूर्ण नियन्त्रणमा भएकोले राजनीतिक यथार्थ बोकेको क्षेत्र भएको पुष्टि गर्छ ।
आगामी निर्वाचनमा सबै दल एक्लै चुनावी मैदानमा छन् । त्यसैले एमालेले आफ्नो स्थानिय तहको मतलाई प्रत्यक्षमा सुरक्षित राख्न सके एमाले पुनः जितको नजिक पुग्न सक्नेछ । पर्सा–2 को अंकगणितले कुनै एक दलको एकलौटी वर्चस्वभन्दा पनि शक्तिहरूको ध्रुवीकरणले नतिजा निर्धारण गर्ने देखाउँछ । एमालेसँग संगठित र क्याडर मत आधारभूत ठुलो शक्तिका रूपमा छ । काँग्रेस र रावस्पा एमालेभन्दा कमजोर देखिएका छन् ।
कांग्रेस : संगठन मजबुत , उम्मेद्वार बिवादित
लामो समयदेखि यश क्षेत्रमा आफ्नो प्रभाव कायम राख्दै आएको नेपाली काग्रेस यश पटक भने कमजोर देखिएको स्थानीयहरुको भनाई छ।काग्रेसका उम्मेदवार एवम पुर्वमन्त्री अजय चौरसियालाई घरदैलो अभियानको क्रममा मतदाताले विरोध गरेको र त्यसपछि चुनावी गतिविधि सुस्ताएको चर्चा छ।
नेपाली काग्रेसको उम्मेदवार चौरसियाले यस क्षेत्रको लागि कुनै नयाँ चेहरा होईनन्।उनी ३ पटकका सासंद र दुई पटकका मन्त्री समेत रहेका छन्।पर्सा-२ अन्तर्गत पर्ने ३ वटा स्थानिय तहमा काग्रेस दोस्रो स्थानमा रहेकोले चौरसियाको जित सहज नभएपनि उनी चौथो पटक जित न दाउमा छन्।
चौरसियाले क्षेत्रमा बिकास र ठोस कार्य नगरेकोले र कहिले देखा नपरेकोले उनको पार्टीको नेता कार्याकर्ता तथा क्षेत्र बासि असंतुष्ट रहेकोले अरु पार्टीको जित सहज रहेको मतदाताहरुले बताउँछन् ।
रास्वपा : युवा उत्साह र नयाँ राजनीतिक आशा तर रास्वपाको संगठन कमजोर र देशव्यापी लहर
२०७९ मा सीमित मत ल्याएको रास्वपाले यसपटक युवा र असन्तुष्ट मतदातालाई आकर्षित गरे ठूला दलका लागि टाउको दुखाइ बन्न सक्ने आँकलन छ ।
रावस्पाले पुर्व वडाअध्यक्ष सुशील साह कानुलाई आफ्नो उम्मेदवार बनाएका छन्।साह स्वच्छ छवि, युवा र लोकप्रिय उम्मेदवार रहेकोले दुईटै दलको लागि टाँउको दुखाई बनेका छन्।
साहको लागि मतदाता संख्यामा आएको वृद्धि पनि निर्णायक बन्ने देखिन्छ । पछिल्लो समय हजारौँ नयाँ मतदाता थपिएका छन् । युवा तथा पहिलोपटक मतदान गर्ने मतदाताको सोच, प्राथमिकता र अपेक्षाले परम्परागत दलहरूको रणनीतिमा प्रत्यक्ष असर पार्ने निश्चित रहेकोले साह सहज रुपले बलियो बन्दै गएका छन्।
देश भरि नै रावस्पाको लहर र युवाको पहिलो क्रेजको रुपमा रावस्पा रहेकोले साहको लाई जित कथिन रहेपनि युवाको समर्थन रहेकोले जित हुने आकलन गरेको छ।
चुनाव नजिकिँदै जाँदा अशोक टेमानीमाथि ‘खोक्रा आश्वासन’को आरोप
पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार बनेका अशोक कुमार टेमानीविरुद्ध सिमाक्षेत्रका उद्योगी तथा साना व्यापारीहरूले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।
पूर्व उद्योग वाणिज्य क्षेत्रका नेतृत्वदायी भूमिकामा रहेर पनि ठोस उपलब्धि हासिल गर्न नसकेको आरोप लगाउँदै केही व्यापारीहरूले अहिलेको चुनावी प्रतिबद्धतालाई “खोक्रो आश्वासन”को संज्ञा दिएका छन्। उनीहरूको भनाइ छ कि यस्ता विषय पटक–पटक उठाइए पनि नेतृत्व तहबाट परिणाममुखी कदम चालिएन।त्यसैले टेमानीको प्रभाव दिनप्रतिदिन मतदाता बिच प्रभाव घटदै गएको स्थानीयहरुले बताउछन्।
नेकपा : राजनीतिक अनुभवी , युवामा बलियो पकड र माधव नेपाल निकट
नेपाली कम्युनीष्ट पार्टीको तर्फबाट यस क्षेत्रमा युवा उम्मेदवार मनोज चौधरीले रहेका छन्।
चौधरी पहिलो पटक निर्वाचन लड्दै छन ।
उनि माधव नेपाल निकट छन भने चौधरी जम्मा ५१ वर्षका छन । उनी बिधार्थी काल देखी नै बामपन्थी राजनीतिबाट आफ्नो यात्रा शुरु गरेका हुन ।उनको परिवारिक पृष्ठ भुमि पनि बामपन्थी नै हो ।यस क्षेत्रमा उहाँको जातिको बाहुल्यता रहेको क्षेत्रको रुपमा मानिन्छ।नेपाली कम्युनीष्ट पार्टीका यस क्षेत्रका उम्मेदवार युवा नेता मनोज चौधरी पहिलो पटक चुनावी मैदानमा उत्रिएका छन्।
उनि बिधार्थी काल देखि नै राजनीतिमा होमिएका एउटा सफल नेता पनी हुन । त्यस कारण चौधरीलाई चुनाव जित्नका लागी अलिकता फलामको च्युरा चपाएको जस्तो देखिन्छ।
समग्रमा पर्सा–२ को निर्वाचन अब दुई दलको साधारण प्रतिस्पर्धा मात्र रहेन । पुरानो वर्चस्व जोगाउने प्रयास, नयाँ शक्ति र बदलिँदो मतदाता मनोविज्ञानबीचको टकरावले यो निर्वाचनलाई अर्थपूर्ण बनाएको छ । परिणाम जे आए पनि पर्सा–२ बाट आउने मतादेशले मधेश प्रदेश मात्र होइन, राष्ट्रिय राजनीतिमा समेत स्पष्ट सन्देश दिने निश्चित देखिन्छ ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
बिकी यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३