पर्सा-२मा चुनावी माहोल तात्डै;रिमा यादवको घरदैलो अभियान सक्रिय
वीरगन्ज,१२ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वीरगञ्ज महानगरपालिका–९ र १० मा उम्मेदवार रीमा यादवको घरदैलो कार्यक्रम सम्पन्न भएको छ । घरदैलो कार्यक्रममा उम्मेदवार यादवले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै जनताको समस्या, सुझाव र अपेक्षा सुन्दै विकासका ठोस प्रतिबद्धता व्यक्त गरिन्।
आगामी फागुन २१ गते हुने निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन उनले मतदातासँग आग्रह गरिन्। कार्यक्रमका क्रममा स्थानीयले सडक स्तरोन्नति, ढल निकास, खानेपानी, स्वास्थ्य सेवा, विद्यालयको गुणस्तर, रोजगारीका अवसर तथा युवाका लागि खेलकुद पूर्वाधार निर्माण जस्ता आधारभूत आवश्यकतामा ध्यानाकर्षण गराए। उम्मेदवार यादवले ती मागहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै भनिन्,“जनताको घरदैलोमै पुगेर समस्या बुझ्नु नै हाम्रो पहिलो कर्तव्य हो। तपाईंहरूको विश्वासले जितेपछि विकासलाई व्यवहारमै उतार्नेछौं।”
कार्यक्रममा स्थानीय बासिन्दाले उम्मेदवार यादव र टोलीलाई फूलमाला तथा खादा लगाएर स्वागत गरेका थिए। धेरै स्थानमा महिलाहरू र युवाहरूको उत्साहजनक सहभागिता देखिएको थियो।
घरदैलो कार्यक्रममा प्रभु हजरा, विजय सरावगी, बिचारी यादव, मनोज कुशवाहा, अजय गुप्ता, अंगद गुप्ता लगायत नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

