प्रतिनिधिसभा बैठक आज : आठ विधेयक समितिमा पठाउने प्रस्तावदेखि अनुपस्थित सांसदको सूचना अनुमोदनसम्म
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजे बस्दैछ। बैठकमा विभिन्न आठवटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस हुने कार्यसूची रहेको छ।
त्यसैगरी सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीहरूले टेबुल गर्ने कार्यसूचीसमेत रहेको छ।
बैठकको प्रारम्भमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३ पेस गर्नेछिन्।
त्यसपछि व्यवस्थापन कार्यअन्तर्गत विभिन्न विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्तावहरू प्रस्तुत हुनेछन्।
प्रधानमन्त्री शाहको तर्फबाट मन्त्री गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ र ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
त्यस्तै, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ लाई सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री रिता वलीले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
स्वास्थ्यसम्बन्धी चार विधेयक पनि समितिमा पठाइने
बैठकमा स्वास्थ्य तथा खाद्यस्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित चारवटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
ती विधेयकमा ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’, ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३’, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ र ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ रहेका छन्।
यसरी शुक्रबारको बैठकमा विभिन्न विषयसँग सम्बन्धित आठवटा विधेयकलाई सम्बन्धित समितिमा पठाउने प्रस्तावहरू प्रस्तुत हुनेछन्।
संवैधानिक निकायका पदाधिकारीसम्बन्धी विधेयकमा छलफल र पारितको प्रस्ताव
बैठकमा प्रधानमन्त्री शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गौतमले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्नेछिन्।
त्यसपछि मन्त्री गौतमले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
१० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सांसदको सूचना अनुमोदन गरिने
बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम २१३ को उपनियम (१) बमोजिम लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित रहेका सदस्यहरूबाट प्राप्त अनुपस्थितिको सूचना सभाको स्वीकृतिका लागि पेस गर्नेछन्।
बैठकको अन्तिम कार्यसूचीमा सभामुखले राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउने कार्यक्रम रहेको छ।
यससँगै शुक्रबारको प्रतिनिधिसभा बैठकमा विधेयकसम्बन्धी प्रक्रिया, संवैधानिक निकायका पदाधिकारीको सेवासुविधासम्बन्धी कानुनी व्यवस्था, स्वास्थ्य तथा सामाजिक सुरक्षासँग सम्बन्धित विधेयक र सांसदहरूको अनुपस्थितिसम्बन्धी विषयहरू अघि बढ्नेछन्।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






