KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरणको टोली पुग्यो

पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरणको टोली पुग्यो

पर्सा, २१ असोज 

Advertisement

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ। विभागको टोलीले बुधबार जबरासहित उनका निकट व्यक्ति तथा नातेदारको घरमा समेत छापा मारेको हो।

Advertisement

विभाग स्रोतका अनुसार जबरा र उनीसँग निकट सम्बन्ध रहेका व्यक्तिहरूको घरमा एकैपटक छानबिनका क्रममा छापा मारिएको हो। छापाका क्रममा टोलीले केही महत्वपूर्ण कागजातसमेत जफत गरेको बताइएको छ।

Ad

जबराको सम्पत्तिसम्बन्धी विषयमा विभागले अनुसन्धान अघि बढाइरहेको स्रोतको भनाइ छ। यद्यपि, छापाको विस्तृत विवरण र जफत गरिएका कागजातबारे विभागले औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन।

Advertisement

यसअघि हालै पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएको करिब १२ घण्टाभित्रै उनलाई प्रहरीले घरमै पुर्‍याएको थियो।

Advertisement

प्रहरीले भने जबरालाई नियन्त्रणमा लिइएको नभई सुरक्षा प्रदान गरिएको बताउँदै आएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले समेत सञ्चारकर्मीसँग कुरा गर्दै जबरालाई अज्ञात समूहबाट ‘थ्रेट’ आएपछि प्रहरीले सुरक्षा दिएको बताएका थिए।

सम्पत्ति शुद्धीकरण विभागको पछिल्लो छापा र अनुसन्धानले जबरासँग जोडिएका आर्थिक तथा सम्पत्तिसम्बन्धी विषय थप चर्चामा आएको छ।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation