KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
कांग्रेस सभापति थापा : योग्य नेताहरू पदाधिकारीमै भिड्दा पार्टीबाटै बाहिरिने जोखिम

कांग्रेस सभापति थापा : योग्य नेताहरू पदाधिकारीमै भिड्दा पार्टीबाटै बाहिरिने जोखिम

पर्सा, २१ असोज 

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सञ्चालनका लागि आवश्यक पर्ने योग्य तथा प्रभावशाली नेताहरू पदाधिकारी पदमै आपसमा प्रतिस्पर्धा गर्दा पराजित भएर पार्टीको केन्द्रीय संरचनाबाटै बाहिरिन सक्ने जोखिम रहेको बताएका छन्।

Advertisement

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार साँझ राष्ट्रिय सभागृह पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले यस्तो चिन्ता व्यक्त गरेका हुन्।

Ad

उनले पार्टीभित्र जिम्मेवारी लिन सक्ने सबै प्रभावशाली नेताहरू पदाधिकारी पदमै केन्द्रित हुँदा प्रतिस्पर्धामा केही नेता पराजित हुने र त्यसले पार्टीलाई नै क्षति पुग्न सक्ने बताए। यस्तो अवस्था आउन नदिन आफूले व्यक्तिगत रूपमा समेत नेताहरूसँग संवाद र व्यवस्थापनका लागि आग्रह गरिरहेको उनको भनाइ छ।

Advertisement

थापाले पार्टीको केन्द्रीय समिति विस्तार तथा समावेशी प्रतिनिधित्वलाई समेत प्राथमिकतामा राखिएको बताए। डायस्पोरामा रहेका श्रमिक नेपाली नागरिकलाई समेत पार्टीको केन्द्रीय जिम्मेवारीमा जोड्ने उद्देश्यले नयाँ संख्या थपिएको उनले जानकारी दिए।

Advertisement

खुला प्रतिस्पर्धाका कारण दलित, मधेसी, महिला तथा खस–आर्यबाहेकका विभिन्न समुदाय र क्लस्टरको प्रतिनिधित्व कमजोर हुन सक्ने अवस्थालाई ध्यानमा राखेर उपसभापति, महामन्त्री र सहमहामन्त्री पदको संख्या तथा संरचनामा नयाँ अभ्यास गरिएको थापाले बताए।

संसदीय दलमा जस्तै पार्टी संगठनमा पनि विभिन्न समुदाय, क्षेत्र र पृष्ठभूमिका नेताहरूलाई समान अवसर सुनिश्चित गर्न पदाधिकारीको संरचना परिमार्जन गरिएको उनको भनाइ छ।

थापाले नयाँ संरचनाले कांग्रेसलाई थप समावेशी, प्रतिनिधिमूलक र सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। साथै, पार्टीभित्रको प्रतिस्पर्धालाई व्यवस्थापन गर्दै सबै योग्य नेताको क्षमता पार्टी निर्माणमा उपयोग गर्नुपर्नेमा उनले जोड दिए।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation