सडक आन्दोलन र निर्वाचनमा एमाले–मसालसँग सहकार्य गर्ने प्रचण्डको घोषणा
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सडक आन्दोलन तथा निर्वाचनमा नेकपा एमाले र नेकपा मसालसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन्।
काभ्रे जिल्लामा आयोजित पार्टी एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले विचार मिल्ने कम्युनिस्ट शक्तिहरूसँग पार्टी एकता गर्दै अघि बढ्ने निर्णय भएको जानकारी दिए। उनले केन्द्रीय कार्यसंयोजन समितिको सर्वसम्मत निर्णयअनुसार एमाले र मसालसँग कार्यगत एकता सुरु भइसकेको बताए।
आवश्यकताअनुसार सातै प्रदेशका सरकारमा आफ्नो पार्टी सहभागी भएको उल्लेख गर्दै प्रचण्डले आगामी दिनमा सहकार्यलाई थप सुदृढ बनाउँदै लैजाने बताए।
उनका अनुसार सडक आन्दोलनसँगै सदनभित्रको बहस तथा छलफल र स्थानीय तह एवं प्रदेशसभा निर्वाचनमा समेत एमाले र मसालसँगको सहकार्यलाई निरन्तरता दिइनेछ।
“आउने दिनमा सडक आन्दोलन, सदनभित्रको बहस–छलफल तथा स्थानीय र प्रदेशसभाको निर्वाचनमा पनि यो सहकार्यलाई सुदृढ गर्दै जानुपर्छ,” प्रचण्डले भने।
प्रचण्डले पार्टीको आन्तरिक संगठन सुदृढीकरणलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए। आगामी महाधिवेशनले पार्टी संगठनलाई थप चुस्त, गतिशील र ऊर्जावान् बनाउने उनको दाबी छ।
उनले नेतृत्व तहमा युवाहरूको सहभागिता पूर्ण रूपमा सुनिश्चित गरिने समेत बताए।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






