KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
साउदी अरेबियाले एयर स्पेस नदिँदा एक दिनमै तुहियो ट्रम्पको ‘प्रोजेक्ट फ्रीडम’

साउदी अरेबियाले एयर स्पेस नदिँदा एक दिनमै तुहियो ट्रम्पको ‘प्रोजेक्ट फ्रीडम’

वाशिङ्टन- साउदी अरेबियाले एयर स्पेस नदिएपछि स्ट्रेट अफ हर्मुजमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘प्रोजेक्ट फ्रीडम’ तुहिएको खुलासा भएको छ।

तर अमेरिकी राष्ट्रपति ट्रम्पले भने वार्ता अघि बढेकाले पाकिस्तानको आग्रहमा अभियान रोकिएको बताएका थिए।

 

Call Us for Ads

तर बिहीबार सार्वजनिक भएका रिपोर्टहरूमा साउदी अरेबियाका कारण अमेरिका पछि हट्न बाध्य भएको दाबी गरिएको छ।

अमेरिकी समाचार संस्था एनबीसी न्यूजका अनुसार साउदी अरेबियाले अमेरिकी सैन्य विमानलाई आफ्नो एयरस्पेस र एयरबेस प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेपछि ट्रम्प पछि हट्न बाध्य भए ।

 

रिपोर्टअनुसार ट्रम्पले अचानक सामाजिक सञ्जालमार्फत् सैन्य अभियान घोषणा गरेपछि खाडी क्षेत्रका अमेरिकी सहयोगी राष्ट्रहरू असन्तुष्ट बनेका थिए।

यसबारेमा साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँग ट्रम्पको छलफल भए पनि सहमति जुट्न सकेन।

अमेरिकाले दुई दिनमा केवल तीनवटा जहाजलाई मात्रै सुरक्षित रूपमा पार गराउन सक्यो । साउदीले अवरोध गरेपछि अन्ततः उनले एक दिनमै अभियान स्थगित गर्नुपरेको बताइएको छ।

होर्मुज क्षेत्रमा सैन्य अभियान सञ्चालन गर्न अमेरिकालाई साउदी अरेबिया, जोर्डन, कुवेत र ओमान जस्ता देशहरूको सहयोग आवश्यक पर्छ।

ती देशहरूको अनुमतिबिना अमेरिकी लडाकु विमान, रिफ्युलिङ ट्यांकर र सपोर्ट एयरक्राफ्ट सञ्चालन गर्न कठिन हुने उल्लेख गरिएको छ।

अमेरिकाले मे ४ मा होर्मुज जलडमरूमध्यमा जहाज आवतजावत सुरक्षित बनाउन ‘प्रोजेक्ट फ्रीडम’ सुरू गरेको थियो। तर एक दिनमै राष्ट्रपति ट्रम्पले उक्त अभियान रोक्न आदेश दिएका थिए।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation