KATHMANDU WEATHER
Horizontal Scroll Menu

आम जनता पार्टी पर्सा क्षेत्र नं.२को घरदैलो कार्यक्रम सम्पन्न!

आम जनता पार्टी पर्सा क्षेत्र नं.२को घरदैलो कार्यक्रम सम्पन्न!

रामजी यादव ,२६ माघ बीरगंज पर्सा

आम जनता पार्टी पर्सा क्षेत्र नं.२को घरदैलो कार्यक्रम सम्पन्न भएको छ।पर्साको बहुदरमाई नगरपालिका वडानं.४डोकैला र पर्सा गढी नगरपालिकाको बहुअर्वामा आम जनता पार्टी पर्सा क्षेत्र नं २ की प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार रंजु कुमारी साहले आफ्नो पार्टीका कार्यकर्ता सहित चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन्।

आगामी फागुन २१गते हुने प्रतिनिधी सभाको चुनावलाई लक्षित गर्दै मतदाताको घरसम्म पुगेर जनताको समस्या बुझी सधै साथ दिन प्रतिबद्धता गर्दै प्रत्यक्ष संबाद स्थापित राख्न चुनावी घरदैलो कार्यक्रमलाई तिव्र बनाईको छ ।आम जनता पार्टी पर्सा क्षेत्र नं २का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार साह उहाँका पार्टीका कार्यकर्ताहरुले मतदाताहरुसंग आफ्नो पार्टीको अजेन्डाको बारेमा जानकारी गराएका थिए।

आगामी फागुन २१गते हुने प्रतिनिधि सभाको चुनावमा मतदाताहरुसंग भेटघाटको क्रममा चुनावी छलफल गरि उम्मेदवार रंजु कुमारी साहलाई आ-आफ्नो अमुल्य मत दिई भारी मतले बिजयी गराउन नेता तथा कार्यकर्ताहरुले अनुरोध गरेका थिए।

चुनावी घरदैलो कार्यक्रममा आम जनता पार्टीका जोगीन साह,प्रभु पासवान,किरण देबी,रामसुनर मण्डल ,बिनोद पटेल उमेश पंडीत, जितेन्द्र चौधरी लगायतको उपस्थिती रहेको थियो।

वीरगन्ज–रक्सौल नाकामा ‘शंकराचार्य गेट’ को अवलोकन गर्दै अनिरुद्ध आचार्य महाराज

 वीरगन्ज/रक्सौल । कथा वाचनका लागि भारतको रक्सौल आइपुग्नुभएका प्रसिद्ध कथा वाचक अनिरुद्ध आचार्य महाराजले नेपालको प्रवेशद्वारका रूपमा परिचित ‘शंकराचार्य गेट’ को अवलोकन गर्नुभएको छ।

महाराजले वीरगन्ज–रक्सौल सीमा क्षेत्रमा अवस्थित उक्त गेटको निरीक्षण गर्दै यसको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वबारे जानकारी लिनुभएको थियो। अवलोकनका क्रममा उहाँले नेपाल र भारतबीचको सांस्कृतिक तथा धार्मिक सम्बन्ध सुदृढ बनाउन यस्ता संरचनाहरूले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

स्थानीय श्रद्धालु तथा सर्वसाधारणको उपस्थितिमा महाराजले गेट परिसरको भ्रमण गर्नुका साथै त्यहाँ उपस्थित भक्तजनसँग छोटो भेटघाट समेत गर्नुभएको थियो। उहाँ रक्सौलमा आयोजना गरिएको धार्मिक कथा वाचन कार्यक्रममा सहभागी हुन आउनुभएको हो, जहाँ ठूलो संख्यामा भक्तजनहरूको उपस्थिति रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

वीरगन्ज–रक्सौल नाका नेपाल–भारतबीचको प्रमुख व्यापारिक तथा आवागमन मार्गका रूपमा परिचित छ। यस क्षेत्रमा निर्माण गरिएको ‘शंकराचार्य गेट’ धार्मिक तथा सांस्कृतिक पहिचान झल्काउने प्रतीकका रूपमा पनि हेरिन्छ।

आचार्य महाराजको आगमन र गेट अवलोकनले स्थानीय धार्मिक तथा सांस्कृतिक गतिविधिमा थप उत्साह थपिएको स्थानीयले बताएका छन्।

तस्करी नियन्त्रण गर्न पुगेका सशस्त्र प्रहरीमाथि आक्रमण, केही घाइते

 वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१० आदर्शनगरस्थित एक ट्रान्सपोर्ट गोदाममा छापा मार्न पुगेको सशस्त्र प्रहरीको टोलीमाथि व्यापारीहरूले आक्रमण गरेका छन्। घटनामा एक जना सशस्त्र प्रहरी घाइते भएका छन् भने प्रहरीको गाडीमा समेत क्षति पुगेको छ।

सोमबार बिहान सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विकास अधिकारीको नेतृत्वमा सशस्त्र प्रहरीको टोली आदर्शनगरस्थित एक घरमा रहेको सबिता ट्रेडर्स नामक गोदाममा छापा मार्न पुगेको थियो। उक्त गोदाम विनोद साह (कानु) ले सञ्चालन गर्दै आएको बताइएको छ।

सशस्त्र प्रहरीका अनुसार राजश्व छली गरेर भित्र्याइएको सामान गोदाममा भण्डारण गरिएको भन्ने सूचनाका आधारमा दुई वटा गाडीमा प्रहरी टोली त्यहाँ पुगेको थियो। गोदाममा खानतलासी गर्ने प्रक्रिया सुरु गर्न खोज्दा त्यहाँ उपस्थित व्यापारीहरूले विरोध जनाएका थिए।

प्रहरीले गोदामको ढोकाको ताल्चा फुटाउन खोजेपछि विवाद चर्किएको थियो। त्यसक्रममा व्यापारीहरूको एक समूहले प्रहरीमाथि आक्रमण गरेको बताइएको छ। आक्रमणका क्रममा ढुंगा प्रहार हुँदा एक जना सशस्त्र प्रहरी घाइते भएका छन् भने प्रहरीको गाडीको शीशा फुटेको छ। अवस्था तनावग्रस्त बनेपछि सशस्त्र प्रहरी टोली त्यहाँबाट फर्किएको थियो।

सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीले गोदामको खानतलासी गर्ने क्रममा केही समूहबाट आक्रमण भएको पुष्टि गर्दै घाइते सुरक्षाकर्मीको उपचार भइरहेको जानकारी दिए। उनले गोदामबाट केही सामान नियन्त्रणमा लिइएको र त्यसको विवरण संकलन गर्ने काम भइरहेको पनि बताए। गोदाम सञ्चालक र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यता आदर्शनगरका ट्रान्सपोर्ट व्यवसायीहरूले भने सशस्त्र प्रहरीले अनावश्यक दुःख दिने नियतले पटक–पटक गोदाममा छापा मार्ने गरेको आरोप लगाएका छन्। एक व्यापारीका अनुसार बिलबिजक हुँदाहुँदै पनि सशस्त्र प्रहरीले सामान उठाएर लैजाने र पछि राजश्व अनुसन्धान कार्यालयमा प्रमाण दिएपछि मात्रै सामान फिर्ता हुने गरेको गुनासो गरेका छन्।

व्यापारीहरूले यदि छापा वा खानतलासी लिनुपर्ने भए कानुनी प्रक्रिया पूरा गरेर सम्बन्धित निकायमार्फत गर्नुपर्ने बताएका छन्। गोदाममा खानतलासी गर्ने अधिकार राजश्व अनुसन्धान कार्यालयसँग मात्रै रहेको दाबी गर्दै सशस्त्र प्रहरीको यस्तो कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

घटनापछि उक्त क्षेत्रमा केही समय तनावको अवस्था रहे पनि अहिले स्थिति सामान्य बन्दै गएको स्थानीय स्रोतले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३