७ चैत,काठमाडौं । सुर्खेतकी इनिशा विकको सामूहिक बलात्कारपछि भएको विभत्स हत्याको विरोधमा आज काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
अधिकारकर्मी र सर्वसाधारणको सहभागितामा भएको प्रदर्शनमा सहभागीहरूले दोषीलाई कडाभन्दा कडा कारबाही गर्न र महिला हिंसा अन्त्य गर्न माग गरेका थिए। प्रदर्शनकारीहरूले “इनिशालाई न्याय देउ”, “बलात्कारीलाई फाँसी देउ”, “महिला सुरक्षाको ग्यारेन्टी गर” जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए।
अधिकारकर्मीहरूले राज्यले महिला र बालबालिकाको सुरक्षामा पर्याप्त ध्यान नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
रामजी यादव ७ फागुन पर्सा:-
बीरगंज महानगरपालिका वडा नं २१ सुकचैनाको बिधालयमा अध्यनरत एक बिधार्थीको मृत्यु रहस्यमय बनेको छ।बीरगंज महानगरपालिका वडा नं २१सुकचैनाको श्री नेपाल राष्ट्रिय गजेन्द्र जोशी माध्यमिक बिद्यालयमा अध्ययनरत कक्षा ५का बिधार्थी आयूष कमार कुशवाहाको उपचारको क्रममा मृत्यु भएको छ।
श्री नेपाल राष्ट्रिय गजेन्द्र जोशी माध्यमिक विद्यालय सुकचैनामा अध्यनरत कक्षा ५मा उमेर १२बर्षको अवधकिशोर कुश्वाहाको छोरा आयुष कु.मार कुशवाहको पठनपाठनको लागि बिधाललयमा गई १:१५मा टिपिनमा नास्ता आई खेलिरहेको अवस्थामा एक्कासी टाउको दुखेको शिक्षकलाई भन्दै करीब २बजेको समय बेहोस भई बिधालयका प्रधानाध्यापक उमेश कुमार मिश्रा सहित शिक्षकहरु प्राथमिक उपचारको लागि स्थानीय क्लिनिकमा लगिएपछि उपचार सम्भव नहूदा बिधार्थी आयुष कुमार कुश्वाहालाई थप उपचारका लागि बीरगंज हेल्थ केयरमा लगिएपछि अस्पतालका डा.हरुले उपचारका लागि आई.सी .यू मा भर्ती पछि भेन्टीलेटरमा राखिए पनि उपचारमा केही सुधार नआएपछि न्यूरो हस्पिटल बीरगंज लगिएकोमा त्याहाँका डा.ले बाच्ने सम्भावना कम छ भन्दैमा परिवारजनले केही आस होला भन्ने आशाले काठ्माडौमा लगिदै गर्दा बिच बाटोमा मृत्यु भएको परिवार श्रोतले जनाएको छ।
मृतक आयुष कुमार कुशवाहालाई दाहसंस्कार गर्न आर्यघाट लगेपछि कपाल मुड्न गर्दा मृतकको कपालमा रातो डाम देखिएको र घाटी भाँचिएको भन्ने थाहा पाएपछि दुई दिन पछि मृतकको बुबा अवधकिशोर कुश्वाहा र उहाँका आफन्तले छोरा आयुष माथि घाटी र टाउकोमा प्रहार गरि हत्या गरिएको भनेर छलफलका लागि वडानं.२१का वडाध्यक्ष,संचारकर्मी,स्थानीय अगुवा भरभलादमी, विद्यालयका प्रधानाध्यापक उमेश कुमार मिश्र सहितका शिक्षकलाई घटना किन र कसरी भएको हो भन्ने बारेमा सत्य तथ्य बुझ्न छलफल मार्फत बुझ्न गरेका थिए।सो घटना बारे अनुसन्धान गरि सत्य तथ्य पता लगाउन पर्साका प्रहरी प्रमुखसंग पिडीत परिवारजनले आग्रह गरेका छन।
काठमाडौं। कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप पौडेलसहितका कर्मचारीलाई काठमाडौंस्थित सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय झिकाइएको छ।
यही चैत ४ गते भारतबाट अवैध रूपले ल्याउँदै गरेको सामान पक्राउको विषयलाई लिएर भएको घटनाबारे छानबिन र युनिट सुरक्षामा लापरबाही गरेको पाइएपछि कारबाहीको लागि उनीहरुलाई प्रधान कार्यालय झिकाइएको हो।
उक्त घटनामा केही तस्कर समूह अनधिकृत रूपमा सशस्त्र प्रहरी बलको कार्यालयभित्र प्रवेश गरेर गुल्मपतिमाथि हातपातको प्रयास गर्दासमेत के कति कारणले बल प्रयोग नभएको र युनिट सुरक्षामा ध्यान नदिएको हो भन्ने विषयमा प्रधान कार्यालयले गम्भीर रूपमा छानबीन सुरु गरेको सशस्त्रका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए।
तस्कर समूह कार्यालयभित्र छिरेर हुलहुज्जत कसरी सिर्जना भयो भन्ने विषयमा समेत प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको उहाँले बताउनुभयो। तस्करी रोक्न विगतदेखि नै उत्कृष्टकार्य गर्दै आएका सशस्त्र प्रहरी नायब उपरीक्षक पौडेलको सक्रियता प्रधान कार्यालयलाई जानकारी भए पनि युनिट सुरक्षामा भने आवश्यक ध्यान नपुर्याएको प्रधान कार्यालयको ठहर छ।
यसअघि उक्त घटनाका विषयमा छानबिन गर्न सशस्त्र प्रहरी बल नेपाल नं ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले नं ४३ रिजर्भ गण वनवेहडा कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीको अध्यक्षतामा छानबिन समिति गठन गरिएको छ।
घटनालगत्तै घटनाको समयमा त्यहाँ उपस्थित रहेका सशस्त्र प्रहरी कर्मचारीलाई मुख्यालय तानिएको छ भने कार्यालयमा सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीबाट टोली बदली गरिएको छ। सशस्त्र प्रहरी बलले तस्करीविरुद्ध अभियान नै सञ्चालन गरिरहेकामा खक्रौलाबाट हुने तस्करीविरुद्ध विगतदेखि नै विशेष निगरानी गरिएको प्रधान कार्यालयले जनाएको छ।
वीरगंज, ७ चैत । उपकार सेवा नेपालले हरेक महिना झै चैतमा पनि ठोरी गाउँपालिका वडा नं. १ भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रममा आश्रित १७ जना अपाङ्ग, सुस्त मनस्थिति, वृद्धबृद्धा, आमाबुवा तथा बालबालिकाहरूको उपभोगको लागि खाद्यान्न प्रदान गरेको छ ।
चामल ६० किलो, सोयाबिन ५ किलो, खानेतेल ४ लिटर, मसुर दाल १०किलो, नुन १० किलो, लुगा धुने साबुन, बेसार मसला लगायत दैनिक उपभोग्य सामग्री प्रबन्ध गरिएको उपकार सेवा नेपालले जनाएको छ ।
आश्रमका सदस्य शेरबहादुर थिङलाई संस्थाको अध्यक्ष विद्या कुमारी सरावगी, अभिभावक र सामाजिक अभियन्ता प्रकाश थारूले सो सामग्रीहरू हस्तान्तरण गरिएको हो । सो सामानहरू आश्रमको लागि प्रत्येक महिना उपकार सेवा नेपाल संस्थाले प्रदान गरिएको छ ।
७ चैत,काठमाडौं । इरानले युएईको रास अल-खैमाह शहरमा ‘निर्णायक शक्ति’ प्रयोग गरी आक्रमण गर्ने चेतावनी दिएको छ। यस धम्की फारसी खाडीमा रहेका दुई टापुहरूमा युएईसँग लामो समयदेखि चलिरहेको विवादसँग सम्बन्धित रहेको बताइएको छ।
राज्य सञ्चालित मिडियाले रिपोर्ट गरेअनुसार इरानको सशस्त्र सेनाका प्रवक्ताले टेलिग्राममा पोस्ट गरेको सन्देशमा भनिएको छ, “अबु मुसा र ग्रेटर टुन्ब टापुहरूमा कुनै पनि नयाँ आक्रमणको सामना युएईको रास अल-खैमाह शहरमा आक्रमणको साथ गरिनेछ।”
सन्देशमा आक्रमणको प्रकृति स्पष्ट रूपमा उल्लेख गरिएको छैन, तर यो चेतावनी यस्तो समयमा आएको हो जब यी दुवै टापु दशकौंदेखि इरानी नियन्त्रणमा छन्।
यी टापुहरू फारसी खाडीमा रणनीतिक रूपमा महत्त्वपूर्ण मानिन्छन्। युएईले दुवै टापुमा आफ्नो दाबी राख्दै आएको छ, जसले क्षेत्रीय सुरक्षा र कूटनीतिक तनावलाई थप जटिल बनाएको छ।
विशेषज्ञहरूले यो घटनालाई मध्यपूर्वको स्थिरता र तेल आपूर्ति मार्गमा सम्भावित प्रभावसँग जोडेर विश्लेषण गरिरहेका छन्। हालसम्म युएई र इरानबीच यस विषयमा कुनै औपचारिक वार्ता वा समाधानको संकेत देखिएको छैन।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
