KATHMANDU WEATHER
Horizontal Scroll Menu
बंगलादेशमा ५० सदस्यीय मन्त्रिपरिषद गठन, को–को बने मन्त्री र राज्यमन्त्री?

बंगलादेशमा ५० सदस्यीय मन्त्रिपरिषद गठन, को–को बने मन्त्री र राज्यमन्त्री?

ढाका, फागुन ६ —

बंगलादेशमा प्रधानमन्त्री तारिक रहमान नेतृत्वको नयाँ मन्त्रिपरिषद ५० सदस्यीय बनेको छ। प्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीहरूले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका हुन्।

राष्ट्रपति मोहम्मद शहाबुद्दिनले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहबीच प्रधानमन्त्री तथा मन्त्रीहरूलाई शपथ गराएका थिए। शपथपछि प्रधानमन्त्री रहमानले बुधबारदेखि नै नयाँ सरकारले औपचारिक रूपमा काम सुरू गर्ने बताएका छन्।

नयाँ मन्त्रिपरिषदमा २५ जना पूर्ण मन्त्री र २४ जना राज्यमन्त्री रहेका छन्। मन्त्रिपरिषदमा अनुभवी राजनीतिज्ञसँगै प्राविधिक विज्ञ (टेक्नोक्र्याट) हरूलाई पनि समेटिएको छ, जसले प्रशासनिक दक्षता र नीतिगत सुधारमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

फेब्रुअरी १२ मा सम्पन्न आमनिर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले दुई तिहाइ बहुमत हासिल गर्दै सत्तामा पुनरागमन गरेको थियो। बीएनपी नेतृत्वको सरकारको पुनरागमनसँगै देशको राजनीतिमा नयाँ शक्ति सन्तुलन देखिएको विश्लेषण गरिएको छ।

मन्त्रीहरूको सूची र जिम्मेवारी

१. मिर्जा फखरुल इस्लाम आलमगीर — स्थानीय              सरकार, ग्रामीण विकास तथा सहकारी मन्त्रालय

२. अमिर खस्रु महमुद चौधरी — अर्थ तथा योजना             मन्त्रालय

३. सलाहुद्दीन अहमद — गृह मन्त्रालय

४. इकबाल हसन महमुद — विद्युत्, ऊर्जा तथा खनिज      स्रोत मन्त्रालय 

५. हाफिज उद्दिन अहमद — मुक्ति युद्ध मामिला              मन्त्रालय  

६. अबु जाफर एमडी जाहिद हुसैन — महिला तथा          बालबालिका मामिला र सामाजिक कल्याण                मन्त्रालय 

७. खालिलुर रहमान (टेक्नोक्र्याट) — परराष्ट्र मन्त्रालय

८. निताइ रोय — संस्कृति मन्त्रालय

९. अब्दुल आवाल मिन्टु — वातावरण, वन तथा              जलवायु परिवर्तन मन्त्रालय   

१०. शाह मोफज्जल हुसैन काइकोबाद — धार्मिक              मामिला मन्त्रालय   

११. मिजानुर रहमान मिनु — भूमि मन्त्रालय

१२. खन्दाकर अब्दुल मुक्तादिर — वाणिज्य, उद्योग,             वस्त्र तथा जूट मन्त्रालय 

१३. अरिफुल हक चौधरी — श्रम तथा रोजगार,                   वैदेशिक रोजगार तथा प्रवासी कल्याण मन्त्रालय

१४. जाहिर उद्दिन स्वप्न — सूचना तथा प्रसारण                  मन्त्रालय  

१५. अमिनुर राशिद (टेक्नोक्र्याट) — खाद्य,                        कृषि,मत्स्य तथा पशुपन्छी मन्त्रालय

१६. अफरोजा खानम रिता — नागरिक उड्डयन तथा              र्यटन मन्त्रालय

१७. शाहिद उद्दिन चौधरी अनी — जलस्रोत मन्त्रालय

१८. असादुल हबीब दुलु — विपद् व्यवस्थापन तथ

       राहत मन्त्रालय

१९. एमडी असदुज्जामान — कानुन, न्याय                         तथ संसदीय मामिला मन्त्रालय   

२०. जकारिया ताहेर — आवास तथा सार्वजनिक               निर्माण मन्त्रालय  

२१. दिपोन देवान — चिटगाँग हिल ट्र्याक्ट्स मामिला        मन्त्रालय

२२. ए एन एम एहसानुल हक मिलन — शिक्षा                   मन्त्रालय तथा प्राथमिक र जनशिक्षा मन्त्रालय

२३. सरदार सखावत हुसेन — स्वास्थ्य तथा परिवार             कल्याण मन्त्रालय

२४. फकिर महबुब अनाम — हुलाक, दूरसञ्चार तथा           सूचना प्रविधि मन्त्रालय तथा विज्ञान तथा प्रविधि         मन्त्रालय

२५. शैख रबिउल आलम — सडक यातायात तथा               पुल,रेल तथा जलयातायात मन्त्रालय

राज्यमन्त्रीहरूको सूची र जिम्मेवारी

१. एम राशिदुज्जमान मिल्लत — नागरिक उड्डयन             तथा पर्यटन मन्त्रालय

२. अनिन्द्य इस्लाम अमित — विद्युत्, ऊर्जा तथा               खनिज स्रोत मन्त्रालय

३. एमडी शरीफुल आलम — वाणिज्य, उद्योग, वस्त्र           तथा जूट मन्त्रालय

४. फरहाद हुसैन आजाद — जलस्रोत मन्त्रालय

५. शमा ओबैद इस्लाम — परराष्ट्र मन्त्रालय

६. सुल्तान सलाहुद्दीन टुकु — खाद्य, कृषि, मत्स्य तथा       पशुपन्छी मन्त्रालय

७. बैरिस्टर कायसर कमाल — भूमि मन्त्रालय

८. एमडी अमिनुल हक (टेक्नोक्र्याट) — युवा तथा          खेलकुद मन्त्रालय

९. मीर मोहम्मद हेलाल उद्दिन — चिटगाँग हिल                 ट्र्याक्ट्स मामिला मन्त्रालय

१०. हाबिबुर राशिद हाबिब — सडक यातायात तथा          पुल, रेल तथा जलयातायात मन्त्रालय

११. राजिब अहसान — सडक यातायात तथा पुल               मन्त्रालय

१२. एमडी अब्दुल बारी — सार्वजनिक प्रशासन                मन्त्रालय

१३. मीर शाहे आलम — स्थानीय सरकार, ग्रामीण              विकास तथा सहकारी मन्त्रालय

१४. जुनायद साकी — अर्थ तथा योजना मन्त्रालय

१५. इशराक हुसेन — मुक्ति युद्ध मामिला मन्त्रालय

१६. फरजाना शर्मिन — महिला तथा बालबालिका               मामिला तथा सामाजिक कल्याण मन्त्रालय

१७. शैख फरिदुल इस्लाम — वातावरण, वन तथा               जलवायु परिवर्तन मन्त्रालय

१८. नुरुल हक नुर — श्रम तथा रोजगार, वैदेशिक              रोजगार तथा प्रवासी कल्याण मन्त्रालय

१९. यासिर खान चौधरी — सूचना तथा प्रसारण                 मन्त्रालय

२०. एम इकबाल हुसेन — विपद् व्यवस्थापन तथा               राहत मन्त्रालय

२१. एम ए मुहित — स्वास्थ्य तथा परिवार कल्याण            मन्त्रालय

२२. अहमद सोहेल मनजुर — आवास तथा                       सार्वजनिक निर्माण मन्त्रालय

२३. बबी हज्जाज — शिक्षा मन्त्रालय तथा प्राथमिक र         जनशिक्षा मन्त्रालय

२४. अली नेवाज महमुद खैयाम — संस्कृति मन्त्रालय

सरकारका प्राथमिक एजेन्डा

नयाँ सरकारले आर्थिक पुनरुत्थान, ऊर्जा सुरक्षा, वैदेशिक रोजगार व्यवस्थापन, जलवायु परिवर्तन नियन्त्रण, प्रशासनिक सुधार तथा सुशासनलाई प्राथमिकतामा राख्ने जनाएको छ।

विश्लेषकहरूका अनुसार बीएनपी नेतृत्वको सरकारको पुनरागमनले बंगलादेशको आन्तरिक राजनीतिक समीकरण मात्र नभई क्षेत्रीय कूटनीतिक सम्बन्धमा पनि नयाँ दिशा दिन सक्ने अपेक्षा गरिएको छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

बिकी यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३