ट्रम्पको दाबी-तेहरानमा भीषण आक्रमण, इरानी सेनाका कयौँ शीर्ष अधिकारी मारिए
अमेरिकका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको राजधानी तेहरानमा भीषण आक्रमण गरिएको दाबी गरेका छन्।
सामाजिक सञ्जाल ट्रुथमा एक भिडियो सार्वजनिक गर्दै राष्ट्रपटि ट्रम्पले तेहरानमा भीषण आक्रमण गरिएको र इरानी सेनाका कयौँ शीर्ष अधिकारी मारिएको दाबी गरिएका हुन् ।
ट्रम्पले लेखेका छन्, ‘इरानी सेनाका धेरै शीर्ष अधिकारीहरू, जसले गलत र अदूरदर्शी तरिकाले सेनाको नेतृत्व गरेका थिए, यस हमलामा मारिएका छन्।’
ट्रम्पले सार्वजनिक गरेको उक्त भिडियोमा रातको समयमा ठूला विष्फोटहरू भइरहेको देखिन्छ। यद्यपि, यो भिडियो कहिलेको हो र कहाँ खिचिएको हो भन्नेबारे अझै स्पष्ट हुन सकेको छैन।
यस विषयमा हालसम्म अमेरिकी प्रशासन (ह्वाइट हाउस वा रक्षा मन्त्रालय) बाट पनि कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन। यस्तै ट्रम्पको दाबीबारे इरानले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
यस्तै ट्रम्पले इरानलाई सम्झौता गर्न वा होर्मुज स्ट्रेट खोल्न दिएको १० दिने अल्टिमेटम सकिन लागेको भन्दै ४८ घण्टाभित्र युद्धको कहर सुरु हुने पनि चेतावनी दिएका छन्।
ट्रम्पको चेतावनीको इरानले कडा शब्दमा प्रतिवाद गरेको छ। इरानको खातम अल–अनबिया सेन्ट्रल हेडक्वार्टरका कमाण्डर मेजर जनरल अली अब्दुल्लाहीले अमेरिकी आक्रमण भएमा अमेरिकी र इजरायली सैन्य संरचनाहरूमा निरन्तर आक्रमण गर्ने चेतावनी दिएका छन्।
उनले अमेरिकी सेनाका लागि अब नर्कको ढोका खुल्ने चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
बिकी यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३