KATHMANDU WEATHER
Horizontal Scroll Menu

दोलखामा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते

हेटौँडा : लामोसाँघु–जिरी सडकखण्डस्थित दोलखा जिल्लाको भिमेश्वर नगरपालिका–५ पिपलबोटमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । शुक्रबार साँझ ७ बजेर १० मिनेटको समयमा चरिकोटबाट जिरीतर्फ जाँदै गरेको बा.प्र.०२–०६२ प ८४६६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ८० प ७९७३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

 

दुर्घटनामा ७९७३ का चालक बैतेश्वर गाउँपालिका–८ क्षेत्रपाका २२ वर्षीय रसिक श्रेष्ठ गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि पशुपति चौलागाई स्मृति अस्पताल लगिएकोमा ८ बजेर २५ मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा ८४६६ नम्बरका मोटरसाइकल चालक बैतेश्वर गाउँपालिका–२ पुतलीकाठका २६ वर्षीय उमेश तामाङ र भिमेश्वर नगरपालिका–६ चोथाङका १९ वर्षीय विवेक थामी गम्भीर घाइते भएका छन् । दुवै जनाको धुलिखेल अस्पतालमा उपचार भई रहेको छ ।

बैंकिङ कसुर आरोपमा सेफ सन्तोष साह पक्राउ

काठमाडौं । चर्चित सेफ सन्तोष साह बैंकिङ कसुरको आरोपमा पक्राउ परेका छन्। उनलाई शुक्रबार राति जनकपुरबाट पक्राउ गरिएको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पक्राउको पुष्टि गर्दै साहलाई बैंकिङ कसुर सम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको जनाएको छ। कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार उनीविरुद्ध परेको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको हो।

 

प्रहरीका अनुसार गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद गर्ने क्रममा आर्थिक लेनदेनसम्बन्धी विवाद उत्पन्न भएको थियो। साहले उक्त रेष्टुरेन्ट करिब एक करोड ३० लाख रुपैयाँमा खरिद गरेको बताइए पनि सम्झौताअनुसार तिर्न बाँकी रहेको रकम भुक्तानी नगरेको आरोप लगाइएको छ। सोही विषयमा बैंकिङ कसुर सम्बन्धी उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

 

पक्राउपछि साहलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायमा पेश गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ।

 

ब्रिटेनमा आफ्नो पाककलाको प्रतिभाबाट परिचित बनेका सेफ सन्तोष साह नेपालमा पनि विभिन्न पाक कार्यक्रम तथा व्यवसायिक गतिविधिका कारण चर्चित छन्। उनीविरुद्ध लगाइएका आरोपबारे अदालतबाट अन्तिम फैसला नभएसम्म आरोप पुष्टि भएको मानिँदैन। प्रहरीले अनुसन्धान जारी रहेकाले यस सम्बन्धमा थप विवरण आउन बाँकी रहेको जनाएको छ।

इ प्र का सिमराका डिएसपीले घुमुवा हवलदार यादव मार्फत असुली भ्याई नभ्याई

काठमाण्डौ बुलेटिन,न्युज डेस्क 

ईलाका प्रहरी कार्यालय सिमरा का डिएसपी दिलीप क्षेत्रीले आफ्नाे क्षेत्रमा हुने अनेकौ अपराधीक गतिविधि, तस्करीको सामान समाउनुको ठाउँमा मोटो रकम बुझ्ने, सिमरा क्षेत्रमा रहेको ट्रान्सपोर्ट हरु लगाएत वीरगञ्जका ट्रान्सपोर्ट हरु , सिमरा तथा आसपासका क्षेत्रमा विभिन्न व्यवसायी, सवारी चालक र सर्वसाधारणबाट अनियमित रूपमा रकम असुली गर्न आफ्नो विश्वास पात्र रहेका घुमुवा लाई परिचलान गरी आर्थीक मोटो रकमको नजराना उठाउँदै आएको आरोप लागेको छ। 

 

त्यस्तै गरी सिमरा–पथलैया सडक खण्डमा चल्ने विभिन्न ट्रान्सपोर्टका मालवाहक गाडी चेकजाँचको बहानामा अवैध तरिकाले रकम असुली गरिरहेको आरोप लागेको हो । स्थानीय व्यापारी तथा केही प्रत्यक्षदर्शीहरूले प्रहरीको नाम प्रयोग गर्दै सडक चेकिङका क्रममा बिना कारण सवारी साधन रोकेर रकम माग गर्ने, कागजात भए पनि विभिन्न बहानामा जरिवाना जस्तै गरी पैसा असुल्ने गरेको दाबी गरेका छन्। विशेष गरी रातको समयमा राजमार्ग क्षेत्रमा बढी गतिविधि हुने गरेको आरोप पनि स्थानीय स्तरमा उठेको छ।

 

बारा, पर्सा लगायतका सिमानाकाबाट हुने तस्करी लगायतका अवैध मालसामानहरु सिमरा–पथलैया सडकखण्ड हुँदै विभिन्न ट्रन्सपोर्टको माध्यमबाट काठमाडौं, हेटौंडा, पोखरा लगायत अनेकौ ठाउमा जाने मालवाहक गाडीलाई चेकजाँच गर्दै अवैध आर्थीक रकम संकलन गर्न प्रहरी यादवलाई घुमुवाको रुपमा परिचालन गरिएको प्रहरी तथा व्यापारिक स्रोतको दाबी छ ।

 

घुमुवा हवल्दार अनुरुद यादव केही बर्ष पहिला वडा प्रहरी कार्यालय बिर्ता पर्सामा कार्यरत हुँदा त्यहाँ पनि घुमुवा कोे रूपमा परिचालन भएका थिए विषयमा पनि स्रोतकोे दाबी रहेको छ। त्यो भन्दा पहिला प्रहरी चौकी सिर्सिया पर्सामा समेत बसेका ब्यक्ति हुन्। श्रोतको अनुसार यी घुमुवा पर्साको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा पनि घुमुवाकोे रूपमा परिचालन भएका व्यक्ति हुन् यादव। 

 

केहीदिन पहिला पनि सिमराका प्रहरी निरीक्षक र उनका घुमुवा विवाद कोे समाचार उजागर भएको थियो। तर त्यस समाचार किन र कसले कसरी लेखन लगाएको थियो र त्यो बेला घुमुवा यादव र डिएसपी क्षेत्रीको नाम उल्लेख न हुनु यो पनि शंकाको बिषय हो भन्ने कुरा सिमरा का ब्यापारी र अन्य जनमानसमा कुरा चल्दै आएको एक व्यापारीले नाम उल्लेख नगर्ने शर्तमा जानकारी गराएका छन्। 

 

स्रोतको दाबी अनुसार इलाका प्रहरी कार्यालय सिमरामा घुमुवा बस्ने अधिकांश पटेर्वा सुगौलीमा घुमुवा वा त्यहाँ डिउटी गरेकै ब्यक्ति नै हुने गरेको छ। काठको तस्करी, बालुवा गिटी कोे उत्खनन्, भारत बाट नेपाल भित्रिने अनेकौ सामान इनरुवा नाका कोे छेउमा पर्ने सुवर्णपुरकोे नाका बाट बाट तस्करी भै जीतपुर सम्म आउने वस्तु र तस्करहरुसंग राम्राे साटघाट भएका व्यक्ति लाई नै सिमराका ईन्चार्ज हरूले घुमुवा मा रोज्ने गरेका छन्। 

 

यस बिषय प्रती जिल्ला प्रहरी कार्यालय बारा र तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी हेक्वा १२ नं गण र सम्बन्धित निकायको निस्पक्छ कदम छानबिन गर्न आवश्यक रहेको बुझिन्छ। 

अवैध काठ तस्करी नियन्त्रणमा सुरक्षा निकाय सक्रिय, २० क्यु फिट सालको काठ बरामद

पर्सा । ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्त अधिकारीको नेतृत्वमा सञ्चालन गरिएको संयुक्त वन संरक्षण अभियानअन्तर्गत करिब २० क्यु फिट सालको अवैध काठ बरामद गरिएको छ।

वन संरक्षण तथा अवैध कटानी नियन्त्रणका लागि गरिएको उक्त अभियानमा सबैया सब डिभिजन वन कार्यालयका रेन्जर भुपाल रोकाय, कविता दास, वन कर्मचारी लक्ष्मी साह कानु, अरविन्द कुमार, प्रहरी चौकी बढनियारका इन्चार्ज असई धर्मराज उप्रेती, सबैया साझेदारी वन उपभोक्ता समूहका उपाध्यक्ष असलम आलम, सदस्य श्रवण प्रसाद साह तथा सशस्त्र प्रहरी बल नेपाल का सई नारायण अधिकारीसहितको टोलीको सहभागिता रहेको थियो।

संयुक्त टोलीले वन क्षेत्रमा हुने अवैध कटानी, चोरी निकासी तथा तस्करी नियन्त्रण गर्न निगरानी कडा पारिएको जनाएको छ। वन ऐनअनुसार वन विनाश तथा अवैध काठ कारोबारमा संलग्नमाथि कडा कानुनी कारबाही हुने व्यवस्था रहेको छ।

सरोकारवालाहरूले वन संरक्षण प्राकृतिक सम्पदा जोगाउने महत्वपूर्ण अभियान भएकाले स्थानीय समुदाय र सुरक्षा निकायबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

पर्साको पकहामैनपुरमा १६ लाखको बजेटमा विद्यालय भवन निर्माण सुरु

२८ जेठ,वीरगञ्ज । युवा नेता अकलेश साहको विशेष पहलमा पर्साको पकहामैनपुर गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, श्यामपुर भेलाहामा नयाँ विद्यालय भवन निर्माण कार्य सुरु भएको छ।

 

मधेश प्रदेश सरकारको शिक्षा मन्त्रालयबाट विनियोजित १६ लाख रुपैयाँ बजेटमार्फत भवन निर्माणको शिलान्यास गरिएको हो।

 

शिलान्यास कार्यक्रममा वडा नं. ४ का अध्यक्ष ढेडी प्रसाद यादव, विद्यालयका प्रधानाध्यापक उमेश यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपनारायण ठाकुर, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

कार्यक्रममा वक्ताहरूले नयाँ भवन निर्माणपछि विद्यालयको शैक्षिक वातावरण थप व्यवस्थित, सुरक्षित र विद्यार्थीमैत्री हुने विश्वास व्यक्त गरे। भवन अभावका कारण भोग्नुपरेका समस्याको अन्त्य भई विद्यार्थीहरूले सहज वातावरणमा अध्ययन गर्न पाउने तथा गुणस्तरीय शिक्षामा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।

 

कार्यक्रममा बोल्दै युवा नेता साहले शिक्षा क्षेत्रको विकासलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको उल्लेख गर्दै आगामी दिनमा पनि विद्यालय, युवा तथा समुदायको समग्र विकासका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले शिक्षा क्षेत्रमा गरिएको लगानीले भविष्यका सक्षम नागरिक निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताए।

 

स्थानीयवासीहरूले प्रदेश सरकार र युवा नेता अकलेश साहप्रति आभार व्यक्त गर्दै निर्माण कार्य समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

 

१६ लाख रुपैयाँको लागतमा सुरु गरिएको यो भवन निर्माणलाई स्थानीय तहमा शिक्षा सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३