KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
डीडीसीलाई १२ करोडभन्दा बढी आर्थिक हानी पुर्‍याएको आरोपमा पूर्वमहाप्रबन्धक झासहित आठ जना पक्राउ

डीडीसीलाई १२ करोडभन्दा बढी आर्थिक हानी पुर्‍याएको आरोपमा पूर्वमहाप्रबन्धक झासहित आठ जना पक्राउ

बिरगंज, पर्सा, १४ कार्तिक 

Advertisement

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) लाई १२ करोड १३ लाख रुपैयाँभन्दा बढी आर्थिक हानी पुर्‍याई गैरकानुनी लाभ लिएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संस्थानका तत्कालीन महाप्रबन्धक सञ्जीव झासहित आठ जनालाई पक्राउ गरेको छ।

Advertisement

 

Ad

पक्राउ पर्नेमा झासहित संस्थानका विभिन्न चिस्यान केन्द्र तथा कारखानामा कार्यरत तत्कालीन प्रमुख र कर्मचारीहरू रहेका छन्।

Advertisement

 

Advertisement

सीआईबीका अनुसार उनीहरूले पूर्वयोजना र आपसी मिलेमतोमा संगठित सञ्जाल निर्माण गरी संस्थानलाई १२ करोड १३ लाख ४३ हजार रुपैयाँ बराबरको आर्थिक हानी पुर्‍याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

 

सीआईबीका सहप्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले पक्राउ परेका व्यक्तिहरूविरुद्ध आपराधिक विश्वासघात तथा संगठित अपराधको आरोपमा अनुसन्धान भइरहेको जानकारी दिए।

 

उनीहरूलाई जिल्ला अदालत काठमाडौंको अनुमति लिएर पक्राउ गरिएको हो। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

 

यसअघि पनि झा डीडीसीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका थिए। २०८० सालमा दूध बिक्रीबाट प्राप्त करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको आरोपमा उनी पक्राउ परेका थिए।

 

झा २०७८ चैत १४ गते दुग्ध विकास संस्थानको महाप्रबन्धक पदमा नियुक्त भएका थिए।

 

यस प्रकरणमा पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation