KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
नेपालमा प्रियागोल्ड बिस्कुटको आयात तथा बिक्रीमा रोक, बजारबाट फिर्ता गरी नष्ट गर्न निर्देशन

नेपालमा प्रियागोल्ड बिस्कुटको आयात तथा बिक्रीमा रोक, बजारबाट फिर्ता गरी नष्ट गर्न निर्देशन

बिरगंज, पर्सा, १ कार्तिक 

Advertisement

काठमाडौं । सरकारले भारतमा उत्पादित चर्चित ब्रान्ड प्रियागोल्ड बिस्कुटको आयात, पैठारी तथा बिक्री वितरणमा तत्कालका लागि पूर्ण रोक लगाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध जुनसुकै ब्याच नम्बर वा उत्पादन मितिका प्रियागोल्ड बिस्कुट फिर्ता गरी नष्ट गर्न सम्बन्धित व्यवसायीहरूलाई निर्देशन दिएको छ।

Advertisement

 

Ad

विभागले २०८३ कात्तिक १ गते जारी गरेको सूचनाअनुसार, भारतको सूर्या फुड एन्ड एग्रो लिमिटेडद्वारा उत्पादित उक्त बिस्कुटको गुणस्तर तथा खाद्य सुरक्षासम्बन्धी गम्भीर प्रश्न उठेपछि नेपालमा यसको आयात र बिक्रीमा रोक लगाउने निर्णय गरिएको हो।

Advertisement

 

Advertisement

बिस्कुटमा पशु आहारका लागि प्रयोग हुने चोकर भेटिएको दाबी

 

भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (FSSAI) ले सन् २०२६ अक्टोबर १७ मा जारी गरेको सूचनाअनुसार, उपभोक्ताको उजुरीपछि गरिएको कारखाना निरीक्षणका क्रममा मानिसले खाने बिस्कुटमा रेसाको स्रोतका रूपमा प्रयोग गरिएको चोकर पशु आहारका लागि राखिएको पाइएको थियो।

 

निरीक्षणका क्रममा उक्त चोकर राखिएका जुटका बोरामा ‘गाईवस्तुको दानाका लागि’ र ‘मानव उपभोगका लागि होइन’ भन्ने स्पष्ट उल्लेख रहेको जनाइएको छ। यसले खाद्य उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थको सुरक्षा र उपयुक्तताबारे गम्भीर प्रश्न उठाएको छ।

 

कारखानाको सरसफाइ र भण्डारणमा पनि कमजोरी

 

उक्त कारखानामा गरिएको निरीक्षणका क्रममा सरसफाइ, कच्चा पदार्थको भण्डारण तथा कर्मचारीको व्यक्तिगत स्वच्छतामा समेत कमजोरी भेटिएको विवरणमा उल्लेख छ। यी कमजोरीलाई आधार बनाउँदै सम्बन्धित कम्पनीको इजाजतपत्र निलम्बन गरी कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ।

 

नेपालमा बजारबाट फिर्ता गरी नष्ट गर्न निर्देशन

 

भारतमा सार्वजनिक भएको विवरणलाई ध्यानमा राख्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम आवश्यक निर्णय गरेको जनाएको छ।

 

विभागका महानिर्देशक सञ्जीवकुमार कर्णको उपस्थितिमा बसेको आकस्मिक बैठकले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर प्रियागोल्ड बिस्कुटको आयात अनुमति तथा बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो।

 

विभागले सबै आधिकारिक आयातकर्ता तथा व्यवसायीलाई बजारमा रहेका प्रियागोल्ड बिस्कुट फिर्ता ल्याउन निर्देशन दिएको छ। फिर्ता गरिएका बिस्कुट स्थानीय तह, प्रशासन तथा विभागका प्रतिनिधिको रोहबरमा नष्ट गरी त्यसको अभिलेख राख्नसमेत भनिएको छ।

 

आदेश उल्लङ्घन गरे कारबाही हुने चेतावनी

 

विभागले जारी गरेको निर्देशनको अवज्ञा गर्ने वा उल्लङ्घन गर्ने व्यवसायीमाथि प्रचलित ऐन तथा कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।

 

यस निर्णयसँगै नेपालमा बिक्री हुँदै आएका प्रियागोल्ड बिस्कुटको आयात, वितरण तथा बजार व्यवस्थापनमा रोक लाग्ने भएको छ। खाद्य सुरक्षासम्बन्धी विषयलाई ध्यानमा राख्दै विभागले सम्बन्धित व्यवसायीहरूलाई निर्देशन कार्यान्वयन गर्न आग्रह गरेको छ।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation