पुनः श्रम स्वीकृतिको बहानामा घूस लिएको आरोपमा हिमालयन एअरलाइन्सका कर्मचारी पक्राउ
बिरगंज, पर्सा, २८ असोज
वैदेशिक रोजगारीमा जाने यात्रुसँग पुनः श्रम स्वीकृति गराइदिने तथा यात्रा सहजीकरण गरिदिने बहानामा रकम असुल गरेको आरोपमा हिमालयन एअरलाइन्सका एक कर्मचारी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा हिमालयन एअरलाइन्सका कर्मचारी हंशराज जैशी रहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले उनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विमानस्थल सुरक्षा कार्यालयको जिम्मा लगाएको जनाएको छ।
अध्यागमन कार्यालयका अनुसार असोज २६ गते वैदेशिक रोजगारीका लागि विदेश जान लागेका मीनबहादुर रावतको श्रम स्वीकृतिको म्याद समाप्त भइसकेको थियो। सोही अवस्थामा पुनः श्रम स्वीकृति गराइदिने र यात्रा सहजीकरण गरिदिने बहानामा जैशीले रावतसँग रकम असुल गरेको भन्दै अध्यागमन कार्यालयमा फोनमार्फत उजुरी परेको थियो।
उजुरीपछि अध्यागमन कार्यालयले प्रारम्भिक छानबिन गर्दा जैशीको ई–सेवा खातामा १४ हजार रुपैयाँ ट्रान्सफर भएको पाइएको जनाएको छ।
त्यसैगरी, विमानस्थलको सीसीटीभी फुटेज जाँच गर्दा पनि यात्रुलाई सहजीकरण गरिदिने बहानामा जैशीले शंकास्पद गतिविधि गरेको देखिएको अध्यागमन कार्यालयको भनाइ छ।
प्राप्त उजुरी, प्रारम्भिक छानबिन तथा सीसीटीभी फुटेजबाट शंकास्पद गतिविधि देखिएपछि उनलाई नियन्त्रणमा लिएर थप आवश्यक कारबाहीका लागि सम्बन्धित निकायको जिम्मा लगाइएको हो।
वैदेशिक रोजगारीमा जाने यात्रुलाई श्रम स्वीकृति तथा यात्रा प्रक्रियामा सहजीकरण गरिदिने नाममा हुने भनिएका यस्ता गतिविधिले विमानस्थलमा सेवा प्रवाहको पारदर्शिता र यात्रुको अधिकारसम्बन्धी प्रश्न उठाएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






