त्रिभुवन विमानस्थलमा ब्यागेजको लाइभ फिड सुरु, अब यात्रुले प्रत्यक्ष हेर्न पाउने सामानको अवस्था
बिरगंज, पर्सा, २० कार्तिक
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी र व्यवस्थित बनाउन नयाँ प्रविधिको प्रयोग सुरु गरिएको छ। विमानस्थलको आगमन कक्षस्थित ब्यागेज क्लेम क्षेत्रमा अब यात्रुले सामान व्यवस्थापनको गतिविधि प्रत्यक्ष हेर्न सक्ने गरी लाइभ फिडको व्यवस्था गरिएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’को पहलमा सुरु गरिएको यस व्यवस्थाबाट अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुले विमानबाट सामान झारिएदेखि ब्यागेज बेल्टसम्म आइपुग्ने प्रक्रियासम्मको दृश्य प्रत्यक्ष रूपमा हेर्न सक्नेछन्।
नयाँ प्रविधि लागू भएपछि यात्रुले आफ्नो सामान कहाँ पुगेको छ र ब्यागेज बेल्टसम्म आइपुग्न कति समय लाग्न सक्छ भन्नेबारे अनुमान गर्न सहज हुने अपेक्षा गरिएको छ।
यसअघि विमानबाट सामान झारिएपछि ब्यागेज क्लेम क्षेत्रमा आइपुग्न लाग्ने समयबारे यात्रुलाई स्पष्ट जानकारी नहुँदा अन्योल र असहजता हुने गरेको थियो। विशेषगरी लामो समयसम्म सामानको प्रतीक्षा गर्नुपर्दा यात्रुहरू समस्यामा पर्ने गरेका थिए।
लाइभ फिडको व्यवस्थाले ब्यागेज व्यवस्थापन प्रक्रियामा पारदर्शिता बढाउनुका साथै यात्रुलाई अनावश्यक अन्योलबाट मुक्त गराउने विश्वास गरिएको छ।
पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको सेवा सुधार, आधुनिक प्रविधिको प्रयोग र यात्रुमैत्री सेवा विस्तारलाई प्राथमिकतामा राख्दै विभिन्न सुधारका प्रयास अघि बढाइरहेको छ।
विमानस्थलको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउने प्रयासअन्तर्गत ब्यागेज व्यवस्थापनमा गरिएको यो नयाँ व्यवस्था महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






