तिहार बिदामा पनि खुला रहनेछन् आयल निगमका डिपो, इन्धन आपूर्ति नरोकिने
बिरगंज, पर्सा, २० कार्तिक
काठमाडौं । तिहार तथा दीपावलीको सार्वजनिक बिदामा पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आपूर्तिलाई निरन्तरता दिने भएको छ।
चाडपर्वका समयमा उपभोक्तालाई पेट्रोल, डिजेललगायतका पेट्रोलियम पदार्थको अभाव हुन नदिन निगमले सार्वजनिक बिदाका दिनमा समेत विभिन्न स्थानका डिपो तथा प्रादेशिक कार्यालय सञ्चालन गर्ने व्यवस्था मिलाएको हो।
नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार स्थानीय आवश्यकता र उपभोक्ताको मागलाई ध्यानमा राखेर देशका विभिन्न स्थानमा रहेका डिपो तथा कार्यालय खुला राखिनेछ।
निगमले विराटनगर, अमलेखगन्ज, थानकोट, पोखरा, भैरहवा, सुर्खेत, धनगढी, नेपालगन्ज, दाङ, जनकपुर, चारआली, वीरगन्ज र दिपायलस्थित डिपो तथा प्रादेशिक कार्यालय सञ्चालन गर्ने जनाएको छ।
तिहारलगायतका चाडपर्वमा सवारीसाधनको आवागमन बढ्ने र पेट्रोलियम पदार्थको मागसमेत उच्च हुन सक्ने भएकाले आपूर्ति व्यवस्थालाई सहज बनाउन निगमले यस्तो व्यवस्था गरेको हो।
सार्वजनिक बिदाका कारण इन्धन वितरण प्रभावित नहोस् भन्ने उद्देश्यले आवश्यक व्यवस्थापन गरिएको निगमले जनाएको छ।
यस व्यवस्थाले तिहारको समयमा यात्रा गर्ने सर्वसाधारण, यातायात व्यवसायी तथा अन्य उपभोक्तालाई पेट्रोलियम पदार्थ सहज रूपमा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






