काठमाडौँ– जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ ।
विवादास्पद व्यापारी दीपक भट्टसँग गृहमन्त्री गुरुङको साझेदारी रहेको विषय बाहिरिएपछि मुभमेन्टका प्रवक्ता विजय शाहले एक विज्ञप्ति जारी गरी गुरुङमाथि लागेका गम्भीर आरोपहरूमाथि निष्पक्ष छानबिनका लागि पदबाट हटाइ पक्राउ गरेर निष्पक्ष अनुसन्धान अघि बढाउन माग गरेका छन् ।
मन्त्री पदमा बहाल रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुने र यो स्वार्थको द्वन्द्वको स्पष्ट उदाहरण हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मन्त्रीको ओहदामा रहेर आफ्नैविरुद्ध छानबिन हुनु आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत रहेको भन्दै मुभमेन्टले निष्पक्ष न्यायका लागि गुरुङको पदत्याग अनिवार्य रहेको जिकिर गरेको छ ।
यस्तै विज्ञप्तिमा प्रधानमन्त्री वालेन्द्र शाहलाई परिपक्वता, दूरदर्शिता र जवाफदेहिता देखाउन समेत आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ– ‘क्याबिनेटमा कसलाई लैजाने भन्ने निर्णय गम्भीर राजनीतिक र नैतिक निर्णय हो। हचुवाको भरमा मन्त्री नियुक्त गर्ने, फेरि हटाउने कच्चा र अमर्यादित खेल अब अस्वीकार्य छ। जिम्मेवार नेतृत्वले परिपक्वता, दूरदर्शिता र जवाफदेहिता देखाउनै पर्छ।’
मुभमेन्टले यो कुनै साधारण सरकार नभइ ७६ जना शहीदहरूको रक्तबलिदानबाट प्राप्त जनादेशको प्रतिनिधित्व रहेको उल्लेख गर्दै जनताको त्याग र बलिदानमाथि सस्तो राजनीति गर्ने अधिकार कसैलाई नभएको बताएको छ ।
मुभमेन्टले सुशासन, पारदर्शिता र जवाफदेहिताको मामिलामा कुनै किसिमको सम्झौता वा ढिलासुस्ती स्वीकार्य नहुने समेत चेतावनी दिएको छ।
काठमाडौँ– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवादमा सहमतिको वातावरण बनेको छ । सभापति गगन थापा र कांग्रेसका पूर्वकार्यवाह सभापति पूर्णबहादुर खड्काबीच आइतबार साँझ गोल्फुटारस्थित खड्का निवासमा भएको छलफलपछि सहमति जुटेको हो ।
छलफलमा कांग्रेस अनुशासन समितिले पूर्व कार्यवाहक सभापति खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने समझदारी भएको स्रोतले जनाएको छ ।
अदालतले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई मान्यता दिइसकेको अवस्थामा स्पष्टीकरणको औचित्य समाप्त भएको निष्कर्ष निकालिएको बताइएको छ ।
खड्काले कार्यवाहक सभापतिको हैसियतमा दुईवटा वक्तव्य जारी गरेपछि कांग्रेस अनुशासन समितिले वैशाख २ गते स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । समितिले स्पष्टीकरणका लागि एक साताको समय दिएको थियो ।
यसैबीच खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने विषयमा निर्णय गर्न अनुशासन समितिको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठकले औपचारिक निर्णय गर्ने अपेक्षा गरिएको छ ।
यसलाई कांग्रेसभित्र देखिएको विवाद समाधानतर्फ उन्मुख भएको संकेतका रूपमा हेरिएको छ।
काठमाडौँ– अमेरिकाले स्ट्रेट अफ होर्मुज नजिकैबाट एउटा इरानी पानीजहाज नियन्त्रणमा लिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनाले ओमानको खाडीमा इरानी झण्डा भएको एउटा विशाल मालबहाक जहाज नियन्त्रणमा लिएको दाबी गरेका हुन् । समुद्री नाकाबन्दी उल्लंघन गर्न खोजेपछि उक्त जहाजमाथि बल प्रयोग गरिएको उनको दाबी छ।
नियन्त्रणमा लिइएको जहाजको नाम ‘टुस्का’ रहेको छ । यो करिब ९०० फिट लामो कन्टेनर जहाज हो । राष्ट्रपति ट्रम्पले यसलाई विमान वाहक जहाज जत्तिकै ओजन भएको भनी ट्रुथ सोशलमा व्याख्या गरेका छन् ।
अमेरिकी सेनाका अनुसार उक्त जहाज इरानको बन्दर अब्बास बन्दरतर्फ जाँदै थियो ।
अमेरिकी गाइड–मिसाइल डिस्ट्रोयरले जहाजलाई रोक्न ६ घण्टासम्म पटकपटक चेतावनी दिएको र चालक दलले आदेश नमानेपछि अमेरिकी नौसेनाले जहाजको ‘इन्जिन रुम’मा आक्रमण गरी बीच समुद्रमै रोकेको थियो ।
यता, इरानले भने यसलाई सशस्त्र समुद्री डकैती र युद्धविरामको उल्लंघन भनेको छ । इरानी सैन्य मुख्यालय ‘खातम अल–अम्बिया’ ले यसको बदलामा चाँडै नै जवाफी कारबाही गर्ने चेतावनी दिएको छ। इरानले उक्त जहाज चीनबाट आएको बताएको छ ।
तनावको मुख्य केन्द्र स्ट्रेट अफ हर्मुज क्षेत्रमा दुवै पक्षले नाकाबन्दी जारी राखेका छन्।
स्ट्रेट अफ हर्मुज विश्वकै सबैभन्दा महत्त्वपूर्ण तेल पारवहन मार्ग हो, जहाँबाट विश्वको कुल तेल आपूर्तिको ठूलो हिस्सा ओसारपसार हुने गर्दछ ।
७ बैशाख, काठमाडौं । अमेरिकाको लुइजियाना राज्यमा एक पिताले आफ्नै सन्तानमाथि गोली बर्साएर कल्प नै गर्न नसकिने पारिवारिक हत्याकाण्ड मच्चाएका छन् ।
पारिवारिक विवादले उग्र रूप लिँदा ती व्यक्तिले आफ्ना ७ सन्तान र अन्य एक गरी कुल ८ जना निर्दोष बालबालिकाको ज्यान लिएको पुष्टि भएको छ । सीएनएनका अनुसार, यो घटना सन् २०२४ यताकै सबैभन्दा दर्दनाक र घातक सामूहिक गोलीकाण्डको रूपमा रेकर्ड गरिएको छ, जसले विश्व समुदायलाई नै स्तब्ध बनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले यो भयानक कृत्यको पछाडि गम्भीर मानसिक समस्या वा चरम पारिवारिक कलह जिम्मेवार हुन सक्ने संकेत गरेको छ । घटनापछि तुरुन्तै सक्रिय भएको सुरक्षा निकायले अभियुक्त बाबुलाई नियन्त्रणमा लिइसकेको छ ।
घटनास्थलमा पुगेका अधिकारीहरूले सबै मृतकहरू बालबालिका मात्र रहेको देख्दा स्थिति अत्यन्तै हृदयविदारक रहेको बताएका छन् । यो घटनाले अमेरिकामा लामो समयदेखि चल्दै आएको बन्दुक नियन्त्रणको बहस र घरेलु हिंसाको मुद्दालाई पुनः एकपटक गम्भीर रूपमा सतहमा ल्याइदिएको छ ।
७ बैशाख, काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको पछिल्लो मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग कडा माग गर्नुभएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित पार्टीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले भौगोलिक रूपमा विकट र आर्थिक रूपमा पछाडि परेको कर्णालीका लागि इन्धनमा विशेष सहुलियत प्याकेज घोषणा गर्नुपर्नेमा जोड दिनुभयो ।
छिमेकी मुलुक भारतमा समेत इन्धनको मूल्य स्थिर रहेको अवस्थामा नेपालमा मूल्य बढाएर नागरिकमाथि थप भार थोपरिएको भन्दै उहाँले सरकारको आलोचना गर्नुभयो । विशेषगरी कर्णालीको पर्यटन र ढुवानी क्षेत्रलाई चलायमान बनाउन डिजेल, पेट्रोल र ग्यासको मूल्य घटाउनुको विकल्प नरहेको उहाँको तर्क थियो ।
पत्रकार सम्मेलनका क्रममा घिसिङले आफ्नो कार्यकालमा कर्णालीको विद्युतीकरण र प्रसारण लाइन विस्तारका लागि झन्डै ३५ अर्ब रुपैयाँको लगानी सुनिश्चित गरेको स्मरण गराउनुभयो । हाल जुम्लासम्म १३२ केभी प्रसारण लाइन पुर्याउने काम भइरहेको जानकारी दिँदै उहाँले दुई तिहाइको वर्तमान सरकारलाई जनपक्षीय काम गर्न रचनात्मक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
गत निर्वाचनमा पार्टी सङ्गठन सुदृढ नहुँदै प्रतिस्पर्धामा उत्रिनु परेकाले अपेक्षित नतिजा नआए पनि, आगामी निर्वाचनमा ुउनेपाु लाई निर्णायक शक्तिको रूपमा स्थापित गर्ने गरी वडा तहसम्मै सङ्गठन विस्तार अभियान सुरु गरिएको उहाँले दाबी गर्नुभयो ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
बिकी यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३