KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
बाफ रे बाफ, १८ करोड ! पैसामा पार्टी बेच्ने हामीले ?’ देउवाको आक्रोश

बाफ रे बाफ, १८ करोड ! पैसामा पार्टी बेच्ने हामीले ?’ देउवाको आक्रोश

बिरगंज, पर्सा, २१ कार्तिक 

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको आर्थिक चलखेल र पछिल्लो समय चर्चामा रहेको १८ करोड रुपैयाँसम्बन्धी अडियो प्रकरणप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

Advertisement

 

Ad

नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति (देउवा पक्ष) ले शनिबार राष्ट्रिय सभागृहमा आयोजना गरेको १५औँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले पैसाको बलमा पार्टीको नेतृत्व र प्रतिष्ठामाथि प्रश्न उठाउने प्रवृत्ति स्वीकार्य नहुने बताएका हुन्।

Advertisement

 

Advertisement

सामाजिक सञ्जालमा सार्वजनिक भएको इनम सापकोटासँग सम्बन्धित भनिएको विवादास्पद अडियो प्रकरणको प्रसंग उठाउँदै देउवाले १८ करोड रुपैयाँको विषयलाई लिएर आश्चर्य व्यक्त गरे।

 

‘इनम सापकोटाले १८ करोड भनेको छ, बाफ रे बाफ ! १८ करोड सानो पैसा हो र ? त्यो पैसा दिएर पार्टी किन्ने ? अब पैसामा पार्टी बेच्ने हामीले ?’ देउवाले प्रश्न गरे।

 

उनले नेपाली कांग्रेसको इतिहास, विचार र राजनीतिक संघर्षलाई पैसासँग तुलना गर्न नमिल्ने धारणा राखे। लामो राजनीतिक संघर्ष र जेलनेल भोगेर पार्टी निर्माणमा योगदान दिएको स्मरण गर्दै उनले आर्थिक प्रभावका आधारमा पार्टी कब्जा गर्ने प्रयास स्वीकार्य नहुने बताए।

 

विशेष महाधिवेशनप्रति देउवाको असन्तुष्टि

 

सम्बोधनका क्रममा देउवाले पार्टीभित्रको विवाद समाधानका लागि नियमित वा विशेष महाधिवेशनको बाटो अपनाउनुपर्ने धारणा पनि व्यक्त गरे।

 

उनले विगतमा सुवर्णशमशेर राणाको सभापतित्वकालदेखि आफू सभापति हुँदा समेत विशेष महाधिवेशनको अभ्यास भएको स्मरण गराए। पार्टीभित्र असहमति भए विधि र प्रक्रियाअनुसार अघि बढ्नुपर्ने उनको भनाइ थियो।

 

देउवाले आफूलाई अब धेरै पदको आकांक्षा नरहेको उल्लेख गर्दै सम्मानजनक अवकाश चाहेको बताए।

 

‘मलाई धेरै पदको रहर छैन, म त अनरेबल रिटायरमेन्ट चाहन्छु,’ उनले भने।

 

देउवा पक्षको अधिवेशनमा शीर्ष नेताहरूको उपस्थिति

 

काठमाडौंमा आयोजित उक्त अधिवेशनमा देउवासहित कांग्रेसका नेता डा. शशांक कोइराला, प्रकाशमान सिंह, प्रकाशशरण महत र मोहनबहादुर बस्नेतलगायत नेताहरू सहभागी थिए।

 

पार्टीभित्रको विवाद र नेतृत्वसम्बन्धी मतभेदका बीच आयोजित यस कार्यक्रमलाई देउवा पक्षले राजनीतिक रूपमा महत्त्वपूर्ण मानेको छ।

 

देउवाले काठमाडौं जिल्ला राजधानीसमेत भएकाले यहाँ हुने राजनीतिक गतिविधिको प्रभाव देशभर मात्र नभई अन्तर्राष्ट्रिय स्तरसम्म पर्ने उल्लेख गर्दै अधिवेशनको विशेष महत्त्व रहेको बताए।

 

उनको सम्बोधनले कांग्रेसभित्रको आन्तरिक विवाद, आर्थिक पारदर्शिता र पार्टी नेतृत्वसम्बन्धी बहसलाई पुनः चर्चामा ल्याएको छ।

 

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation