KATHMANDU WEATHER
Horizontal Scroll Menu
पर्सा राष्ट्रिय निकुञ्जद्वारा ‘बाघ मित्र’ अभियान सञ्चालन, वन्यजन्तु क्षति न्यूनीकरणमा जोड

पर्सा राष्ट्रिय निकुञ्जद्वारा ‘बाघ मित्र’ अभियान सञ्चालन, वन्यजन्तु क्षति न्यूनीकरणमा जोड

१० वैशाख,वीरगञ्ज ।  पर्सा राष्ट्रिय निकुञ्जले बाघलगायत वन्यजन्तुबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न ‘बाघ मित्र’ अभियान सञ्चालन गरेको छ। निकुञ्जले पर्सा, बारा र मकवानपुरका डिभिजन वन कार्यालयसँग समन्वय गर्दै समुदायस्तरमै जनचेतनामूलक कार्यक्रम अघि बढाएको हो।

 

निकुञ्ज प्रमुख रामचन्द्र खतिवडाका अनुसार अभियानअन्तर्गत स्थानीय समुदायलाई वन्यजन्तुको महत्व, जोगिने उपाय र समस्या समाधानका उपायबारे सचेतना फैलाउने कार्यक्रम सञ्चालन भइरहेको छ। बाघ संरक्षणसँगै पर्यापर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने लक्ष्य राखिएको उनले बताए।

 

वनमा आगजनी, चोरी–सिकारीजस्ता गतिविधिका कारण वन्यजन्तु बासस्थान छोडेर बस्तीमा पस्ने समस्या बढेकाले यस्ता गतिविधि नियन्त्रणमा विशेष ध्यान दिइएको निकुञ्जले जनाएको छ।

यसैबीच, चालु आर्थिक वर्षको पहिलो नौ महिनामा वन्यजन्तुबाट प्रभावित भएका व्यक्तिलाई क्षतिपूर्तिस्वरूप १९ लाख रुपैयाँ वितरण गरिएको छ। सबैभन्दा बढी क्षति मकवानपुर जिल्लामा भएको उल्लेख गरिएको छ।

सोही अवधिमा हातहतियारसहित सिकारी र वनपैदावारसम्बन्धी सात वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये छ वटा सिकारी र एक वटा काठपातसम्बन्धी मुद्दा रहेको छ भने १५ जना पक्राउ परेका छन्।

निकुञ्जले गिट्टी, बालुवा तथा वनपैदावार बिक्रीबाट सलामी शुल्कबापत ६० लाख ५३ हजार २५५ रुपैयाँ राजस्व संकलन गरेको पनि जनाएको छ।

 

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

बिकी यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३