साइबर अपराध बढ्दाे, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा ढिलाइ : आईजीपी कार्की
१० वैशाख,काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपालमा साइबर अपराध तीव्र रूपमा बढिरहेको बताएका छन्। बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले मोबाइल र इन्टरनेट प्रयोगकर्तासँगै साइबर बुलिङका घटनासमेत उल्लेख्य रूपमा वृद्धि भएको जानकारी दिए।
आईजीपी कार्कीका अनुसार सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा साइबर अपराध नियन्त्रणमा ठूलो चुनौती देखिएको छ। प्रयोगकर्ताको विवरण प्राप्त गर्न र आपत्तिजनक सामग्री हटाउन कठिनाइ भइरहेको उनले बताए।
हालसम्म टिकटक, भाइबर, निम्बज, वीटक र पोको लाइभ मात्र नेपालमा आधिकारिक रूपमा दर्ता भएको उल्लेख गर्दै उनले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मातृ कम्पनी मेटा दर्ता नहुँदा समस्या झनै बढेको बताए।
उनका अनुसार हालसम्म ४ हजारभन्दा बढी फेक एकाउन्टमार्फत घृणा फैलाउने सम्बन्धी उजुरी प्रहरीमा दर्ता भएका छन्। साइबर बुलिङ र ह्यारेसमेन्टका ३ हजारभन्दा बढी घटना तथा वित्तीय अपराधसम्बन्धी १० हजारभन्दा बढी उजुरी परेको उनले जानकारी दिए।
साथै, अनलाइन ठगी, एकाउन्ट ह्याकिङ, धम्की, यौनजन्य हिंसा र ब्ल्याकमेलिङका घटनासमेत बढिरहेको प्रहरीको तथ्यांक छ।
आईजीपी कार्कीले फेसबुक, इन्स्टाग्रामजस्ता प्लेटफर्मबाट प्रयोगकर्ता विवरण प्राप्त गर्न २० देखि २५ दिनसम्म लाग्ने गरेको उल्लेख गर्दै तत्कालीन अनुसन्धानमा समस्या हुने बताए। नाबालक हराएको वा आत्महत्यासम्बन्धी गम्भीर घटनामा भने २४ घण्टाभित्र जानकारी प्राप्त हुने गरेको उनले जानकारी दिए।
यस्तै, ह्वाट्सएप, डिस्कोर्ड, एक्स, स्न्यापच्याट, इमो, वीच्याट, रेडिट, युट्युब, जिमेललगायत प्लेटफर्मबाट आवश्यक विवरण वा टेकडाउनमा सहयोग नआउने समस्या पनि कायम रहेको उनले समितिलाई जानकारी गराए।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
बिकी यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३