KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
संघीयता खारेज गरी दुई तहको राज्य संरचना बनाउन जनमोर्चाको प्रस्ताव

संघीयता खारेज गरी दुई तहको राज्य संरचना बनाउन जनमोर्चाको प्रस्ताव

१० बैशाख, काठमाडौं । राष्ट्रिय जनमोर्चाले मुलुकको विद्यमान संघीय स्वरूपलाई पूर्ण रूपमा खारेज गर्दै केन्द्र र स्थानीय तह मात्र रहने गरी संविधान संशोधनको प्रस्ताव अघि सारेको छ ।

सरकारद्वारा गठित संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदललाई बिहीबार २३ पृष्ठ लामो सुझाव पत्र बुझाउँदै अध्यक्ष चित्रबहादुर केसीले ६९ बुँदामा संशोधन र थप १० बुँदा समावेश गर्नुपर्ने माग राख्नुभएको हो । जनमोर्चाले हालको ‘संघ, प्रदेश र स्थानीय तहु को त्रि(स्तरीय संरचनाको सट्टा’ केन्द्र र स्थानीय तहु गरी दुई तहको मात्र मूल संरचना हुनुपर्ने जिकिर गरेको छ ।

जनमोर्चाको प्रस्तावमा प्रदेश सभाको औचित्यमाथि प्रश्न उठाउँदै यसलाई खारेज गर्नुपर्ने र त्यसको सट्टा प्रशासनिक प्रदेश, जिल्ला र स्थानीय तहको संरचना बनाउनुपर्ने उल्लेख छ ।

Call Us for Ads

विशेष गरी अहिलेको जिल्ला समन्वय समितिको ठाउँमा जनप्रतिनिधिमूलक ‘जिल्ला सभा’ स्थापना गरी यसलाई शक्तिशाली बनाउनुपर्ने प्रस्ताव गरिएको छ । राष्ट्रपति निर्वाचनमा समेत प्रदेश सभा सदस्यहरूको सट्टा जिल्ला सभाका सदस्यहरूलाई सहभागी गराउनुपर्ने र प्रदेश लोक सेवा आयोग जस्ता संरचनाहरू हटाउनुपर्ने जनमोर्चाको स्पष्ट अडान छ ।

कार्यदलले राजनीतिक दलहरूसँग मागेको सुझावका क्रममा जनमोर्चाका साथै श्रम संस्कृति पार्टीले पनि आफ्नो धारणा पठाएको छ । श्रम संस्कृति पार्टीले भने प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समावेशी राज्य संयन्त्रको वकालत गरेको छ ।

संघीयताको विपक्षमा उभिँदै आएको जनमोर्चाले जिल्ला विकास समितिकै झल्को दिने गरी जिल्ला सभाको अवधारणा ल्याएपछि संविधान संशोधनको बहसमा नयाँ मोड आएको छ । प्रवासी नेपालीहरूको हक सुनिश्चित गर्ने विषयलाई समेत जनमोर्चाले आफ्नो संशोधन प्रस्तावमा प्राथमिकताका साथ समेटेको छ ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation