नेपाल पत्रकार महासंघ पर्सामा शुद्धिकरणको मांग राखि जारी रहेको आन्दोलनलाई ओझेलमा पार्न विभिन्न प्रपञ्च र चलखेल भइरहेकोले भ्रममा नपर्न सघर्ष समितिका संयोजक अनुप तिवारीले बताएका छन । आन्दोलन सफल भयो भने सदस्यता जान्छ कि ? डरले त्रसित बनेका शैक्षिक योग्यता नभएकाहरूले अहिले विभिन्न भ्रम सृजना गरिरहेकोले त्यस्ता भ्रममा नपर्न संयोजक तिवारीले सबैमा आग्रह गर्नु भएको हो । उनिहरू शुद्धिकरणबाट आतिएर उक्त मुद्दालाई ढाकछोप गर्न महासंघमा लेखा जोखा र विगतमा भएका निर्णय र दस्तावेज छैन भनेर भ्रम सृजना गरिरहेकामा हाम्रो ध्यानाकर्षण भएको समेत तिवारीले उल्लेख गरेका छ्न ।
पत्रकार महासंघमा विगतमा भएका नविकरण शुल्क लगायत सबै प्रकारको आम्दनी खर्च महालक्ष्मी बैकमा रहेको महासंघको खाता मार्फत भएको र सोको सबै बिवरण पछिल्लाे सधारण सभाबाट पारित समेत भएको सर्वविदित नै रहेको तिवारीले बताए । त्यसपछिको हिसाबको बाँकी विवरण लेखापरीक्षणको प्रकृयामा रहेकोले साधारण सभामा प्रस्तुत हुने मात्र पास गरि बिधान बिपरित रहेका अयोज्ञ सदस्यहरुले सृजना गरिरहेका विभिन्न भ्रममा नपर्न सरोकारवाला सबैमा तिवारीले अनुरोध गरेका छ्न ।
पत्रकार महासंघको पछिल्लो बैठकमा सदस्य तथा पदाधिकारीले शुद्धिकरण प्रस्ताव दर्ता गराएपछि बैठक स्थगित गरेर अर्को बैठकमा छलफल गर्ने निर्णय गर्दै हिडेपछि अध्यक्ष ओमप्रकाश खनाल शुद्धिकरण नहोस भने विभिन्न प्रपञ्चमा जुटेका छन । शुद्धिकरणका लागि कार्यसमितिले प्रस्ताव दर्ता गरेको र त्यसमा निर्णय गर्नु पर्यो भन्दै संघर्ष समितिले दबाव दिएपछि खनालले आफ्नो समुहका शैक्षिक योग्ज्ञता र सदस्य रहेको कुनै अभिलेख नभएकाहरूबाट विभिन्न भ्रम सृजना र प्रतिवाद गराइरहेका छन ।
शाखाको बैठकबाट समाधान खोज्न नचाहेपछि संघर्ष समिति बनाएर महासंघमा दबाव मुलक कार्यक्रम जारी राखेका छन। बाहिर हाल भईरहेकाे चलखेल,भ्रम र सडयंत्र गरिए पनि त्यसले हामी प्रभावित नहुने तिवारीले बताए ।
सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा १० जना प्रहरीलाई कारबाही सिफारिस भएको छ।
कारबाही सिफारिस हुनेमा प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीदेखि प्रहरी जवानसम्म रहेको प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिए।
पक्राउ परेर खुर्कोटको हिरासत कक्षमा रहेका सिन्धुलीकै सुनकोशी गाउँपालिका ३ जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको मृत्यु भएको थियो।
यो घटनाको छानबिन गर्न प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्य नेतृत्वको छानबिन समितिले उनीहरूलाई कारबाहीको लागि सिफारिस गरेको हो।
जसमध्ये १ जनालाई सचेत गराउने, २ जनालाई ध्यानाकर्षण गराउने, ५ जनालाईसख्त चेतावनी सहित जिम्मेवारीबाट अलग गर्ने, १ जनालाई नसिहत र १ जनालाई ग्रेड घटुवा गर्न समितिले सिफारिस गरेको छ।
साथै समितिले हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षालाई उच्च प्राथमिकतामा राखी कार्य गर्न, हिरासत व्यवस्थापन कार्य निर्देशन, २०८१ को पूर्ण कार्यान्वयन र कार्य सुनिश्चितता गर्ने डिउटीका समयमा अन्य काममा संलग्न नहुने तथा नियमित निगरानी सुनिश्चित गर्न पनि सुझाव दिएको छ।
कुनै पनि असामान्य गतिविधि तुरून्तै रिपोर्ट गर्ने प्रणाली अनिवार्य रूपमा कार्यान्वयन गर्न लगाउने, विशेषतः अन्तरजातीय सम्बन्ध, नाबालिग संलग्नता तथा सामाजिक तनाब उत्पन्न हुन सक्ने घटनाहरूमा आवश्यक तथ्य संकलन, पक्षहरू एवम् परिवारजनसँग समन्वय तथा अनुसन्धान सम्बन्धी निर्णयहरूमा कार्यलय प्रमुखको प्रत्यक्ष निगरानी र सक्रिय संलग्नता सुनिश्चितता गर्न समितिले सुभाव दिएको छ।
यसैगरी जिल्ला प्रहरी प्रमुखलाई हिरासत व्यवस्थापन जस्तो संवेदनशील विषयमा नियमित अनुगमन, निरीक्षण तथा सुपरीवेक्षणलाई अझ प्रभावकारी बनाउँदै मुद्दा चलाउने कार्यालयलाई आवश्यक जनशक्ति व्यवस्थापन, घटना एवम् सूचना व्यवस्थापन तथा समन्वयलाई थप सुदृढ गर्न सचेत गराई प्रत्येक प्रहरी इकाइमा आवधिक निरीक्षण, हिरासतको अवस्था नियमित मूल्याङकन तथा सुधारमुखी कार्य योजना कार्यान्वयन गर्न समेत समितिले सुझाव दिएको छ।
एसपी सुवेदीको भने सिन्धुलीबाट सरुवा भइसकेको छ।
रौतहट, १२ जेठः रौतहटको चन्द्रपुर नगरपालिका–४ डाँडाटोलमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । कुटपिटबाट चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरका ३० वर्षीय विष्णु सुवेदीको मृत्यु भएको हो ।
बारा जिल्लाको निजगढ नगरपालिका–६ भवाराटोल घर भई हाल चन्द्रपुर–४ चन्द्रनिगाहपुरमा बसोबास गर्दै आएका ३८ वर्षीय विमल मोक्तानको कुटपिटबाट सुवेदीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रुपा लाबुङले जानकारी दिनुभयो । मदिरा सेवन गरेका मोक्तानले बाटोमा हिँडिरहेका सुवेदीलाई कुटपिट गरी लडाएका थिए ।
कुटपिटबाट घाइते सुवेदीको चन्द्रनिगाहपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले मोक्तानलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वीरगञ्ज । राजेशमान सिंह सहित चार जनाविरुद्ध किर्ते मुद्दामा पक्राउ पुर्जी जारी भएको भन्ने समाचार हल्लामात्र रहेको जानकारी प्राप्त भएको छ ।
केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको भन्ने समाचार सार्वजनिक भएपछि यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरीबहादुर बस्नेतसँग बुझ्दा उनले त्यस्तो कुनै पक्राउ पुर्जी जारी नभएको स्पष्ट पारेका छन् ।
डीएसपी बस्नेतका अनुसार मेयर सिंहविरुद्ध हालसम्म कुनै पनि आधिकारिक पक्राउ आदेश प्राप्त नभएको तथा सार्वजनिक भएका समाचारहरू तथ्यहीन रहेको बताएका छन् ।
प्रहरीले आधिकारिक स्रोतबाट पुष्टि नभएका सूचना तथा हल्लामा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
काठमाडौं । आगामी जेठ १५ गते देशैभर मनाइने गणतन्त्र दिवसको विशेष समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने भएका छन् ।
प्रधानमन्त्री कार्यालयले सो समारोहमा प्रधानमन्त्रीको सट्टा सम्माननीय राष्ट्रपतिलाई सम्बोधनका लागि अनुरोध गर्दै औपचारिक रूपमा पत्राचार गरेको छ।
मन्त्रिपरिषद्कै बैठकबाट यस विषयमा राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय भएबमोजिम मुख्य सचिव सुमनराज अर्यालले राष्ट्रपति कार्यालय शीतलनिवासमा पत्र पुर्याएका हुन् ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार औपचारिक पत्रका अतिरिक्त अनौपचारिक रूपमा पनि राष्ट्रपतिलाई यसका लागि आग्रह भइरहेको छ।
गणतन्त्रको सर्वोच्च प्रतीक र राष्ट्रप्रमुख राष्ट्रपति नै भएको हुनाले राज्यको यस्तो गरिमामय ऐतिहासिक समारोहमा उनले नै सम्बोधन गर्नु बढी वाञ्छनीय र सान्दर्भिक हुने तर्क प्रधानमन्त्री कार्यालयले अघि सारेको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले प्रधानमन्त्री कार्यालयबाट सम्बोधनका लागि अनुरोधसहितको पत्र प्राप्त भएको कुरालाई पुष्टि गरेका छन् ।
प्रधानमन्त्री शाहको यो कदमलाई उनको पुरानै कार्यशैलीको निरन्तरताका रूपमा पनि हेरिएको छ। यसअघि काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा रहँदा पनि बालेन शाहले गणतन्त्र दिवसका औपचारिक तथा विशेष समारोहहरूलाई निरन्तर बहिष्कार गर्दै आएका थिए ।
प्रधानमन्त्री बनेपछि पनि उहाँले गणतन्त्र दिवसको मूल समारोहमा आफैं सम्बोधन नगर्ने नीति लिएपछि राजनीतिक वृत्तमा यसले पुनः नयाँ बहस र चासो पैदा गरेको छ।
- नेपाली जनताको खिल्ली उडाउने छिमेकी देशको सीमामा बजारका ब्यापारी र व्यवसायिक हरुमा रुवाबासी
- पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ
- अलौं प्रिमियर लिगमा अलौ ब्लास्टरको शानदार जित, उमेश कुमार राम बने ‘म्यान अफ द म्याच’
- विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघलाई ३० थान ज्याकेट हस्तान्तरण; पत्रकार दीपक चौरसिया संघमा आबद्ध
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
