कैलाली । कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपालको राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा तालिमरत ७ जना सशस्त्र प्रहरी जवान बेहोस भएका छन् । उनीहरू जवान आधारभूत तालिमका क्रममा अचानक बेहोस भएको बताइएको छ ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बेहोस भएका मध्ये ६ जनालाई नेपाली सेनाको स्काई ट्रकमार्फत थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको छ ।
उनले रातोपाटीसँग कुरा गर्दै भने, “उताबाट स्काई ट्रक काठमाडौंका लागि उडिसकेको छ ।”
घटनामा एक जना जवानको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ । अन्य जवानहरूको स्वास्थ्य अवस्था तथा बेहोस हुनुको कारणबारे थप विवरण आउन बाँकी रहेको छ ।
पर्साको ग्रामीण भेगमा पर्ने जानकिटोला,असवारी,पाण्डेपुर लगाएतको नाकाबाट लत्ताकपडा,भैसी र कुखुराको चल्लाको तस्करी व्यापक रुपमा भईरहेको गुनासो उठ्न थालेको छ।पर्साको जानकीटोला नाका यतिबेला तस्करहरूको लागि सुरक्षित मार्ग बन्दै गएको आरोप सार्वजनिक भएको छ।
स्थानीयवासी तथा सीमाक्षेत्रका व्यापारीहरूले नेपाल प्रहरी र सशस्त्र प्रहरीकै संरक्षणमा व्यापक रूपमा तस्करी तथा हुण्डी कारोबार सञ्चालन भइरहेको गुनासो स्थानीयहरुले गरेका छन्।स्थानीयका अनुसार भारतसँग जोडिएको उक्त नाकाबाट कपडा, हार्डवेयर सामग्री, कुखुराको चल्ला, भैसी, गाई, गोरु र कस्मेटिक सामानदेखि हुण्डीसम्मको अवैध कारोबार खुलेआम भइरहेको छ। तस्करीमा संलग्न समूहले बिहान, बेलुका, दिउँसो तथा रातिको समयमा समेत सहज रूपमा मालसामान नेपाल भित्र्याइरहेको आरोप छ।सीमावर्ती क्षेत्रका बासिन्दाहरूले ईलाका प्रहरी कार्यालय जानकीटोला र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म भिखमपुरको संरक्षणमै तस्करी मौलाएको दाबी गरेका छन्।
उनीहरूका अनुसार अवैध रूपमा भित्रिएको सामान डकैला बहुअर्वी , बढनिहार हुँदै जितपुर बजारसम्म निर्वाध रूपमा पुग्ने गरेको छ। प्रहरी चौकी जानकीटोलाको प्रमुख प्रहरी नायब निरीक्षक (सई)अर्जुन पंडित माथि समेत स्थानीयले गम्भीर आरोप लगाएका छन्। स्थानीय स्रोतका अनुसार उनी कार्यालयमा आएपछि तस्करी झन् बढेको दाबी गरिएको छ। स्रोतहरूले प्रहरी संगठनकै नाम प्रयोग गर्दै रकम असुली गरी तस्करीको “लाइन” दिइएको आरोपसमेत लगाएका छन्।
नाम नछाप्ने सर्तमा एक व्यापारीले रातिको समयमा तस्करीको सामान “स्कर्टिङ” गरेर पार गराउने कामसमेत हुने गरेको दाबी गरे। अर्का एक व्यक्तिका अनुसार सर्वसाधारणले सामान्य सामान ल्याउँदा समेत कडाइ हुने गरे पनि ठूलो परिमाणको तस्करी भने सहज रूपमा भइरहेको छ।स्थानीयले साना व्यापारी र सर्वसाधारणमाथि कडाइ गरिए पनि ठूला तस्करहरूसँग मिलेमतो गरी लाखौँ रुपैयाँ असुली गरेर अवैध कारोबार सञ्चालन गराइएको आरोप लगाएका छन्।
शान्ति सुरक्षाको निम्ति खटिने नेपाल प्रहरी चोरी तस्करीमा संलग्न हुन थालेपछि चोरी तस्करी बढनु पनि स्वाभाविक नै हो भन्दै स्थानियहरुले आक्रोश पोख्न थालेका छन् ।खुला सीमानाको फाइदा उठाउँदै सुरक्षाकर्मीहरूलाई मासिक नजराना वा सेटिङ मिलाएर अवैध मालसामान ओसारपसार गर्ने गरिएको स्थानीय बासिन्दाहरुले आरोप लगाएका छन्।
पर्सामा सबभन्दा बढि कुखुराको चल्ला र भैसी,गाई गोरुको तस्करी हुने नाका जानकीटोला नाका हो।जानकीटोला चौकीको संरक्षणमा अहिले अदालत भन्नेले रातभरी २० देखि २५ वटा सम्म साईकल र मोटरसाइकल प्रयोग गरि रातभरी भारतबाट नेपाल भित्राई कुखुरा फर्महरु सम्म पुर्याउने गरेको छ।
यस विषयमा प्रतिक्रिया लिन प्रहरी चौकी जानकीटोलाका सई पंडितलाई चौकीको नम्बर ९८५५०९०७३३मा सम्पर्क गर्ने प्रयास गरिएको भए पनि फोन सम्पर्क हुन सकेन।घटनाबारे सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न स्थानीयले माग गरेका छन्। साभार - aapan janakpur (आपन जनकपुर) फेसबुक पेज
वीरगञ्ज,७ जेठ : घरमा लुकाएर राखिएको विद्युतीय चुरोट (भेप)सहित ८ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१ की ४४ वर्षीया मम्माया तामाङ, ३५ वर्षीय राजकुमार तामाङ, ४७ वर्षीया छोमाया तामाङ, धादिङको गंगाजमुना गाउँपालिका –३ का २५ वर्षीय सहिन गुरुङ, बाजुरा बढिमालिकानगरपालिका–१० घर भई हाल काठमाडौं माछापोखरी बस्ने २५ वर्षीय सागर खत्री, नुवाकोटको तादी गाउँपालिका–४ का २७ वर्षीय सुवास तामाङ र ओखलढुङ्गाको भदौरे गाउँपालिका–६ का २६ वर्षीय नेत्र बहादुर थापा मगर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजु शाहका अनुसार रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१ दाहलफेदीकी ४४ वर्षीय मम्माया तामाङको घरमा चेकजाँच गर्ने क्रममा कोठाभित्र लुकाएर राखिएको भेपसहित उनीहरूलाई पक्राउ गरिएको हो। घरको कोठामा लुकाएर राखिएको अवस्थामा प्लास्टिकको बोराभित्र ६ वटा कार्टुनमा ३६ लाख ७५ हजार रुपैयाँ बराबरको १ हजार २२५ थान भेप बरामद गरिएको हो।
बारा । नेपाल आयल निगम अम्लेखगञ्ज डिपोमा पेट्रोलको आयात दुई गुणाले वृद्धि भएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्ष पेट्रोलको आयात दोब्बर बढेको हो । पाइपलाइनबाट पेट्रोल आयात हुन थालेसँगै परिमाण पनि बढेको हो ।
गत आर्थिक वर्ष १ लाख ८४ हजार किलोलिटर पेट्रोल आयात भएकोमा चालु आर्थिक वर्ष ४ लाख किलोलिटर पेट्रोल आयात भएको निगमको प्रादेशिक डिपो अम्लेखगञ्जले जनाएको छ ।
डिजेलमा भने सामान्यमात्रै वृद्धि भएको छ । चालु आर्थिक वर्ष ९ लाख १५ हजार ६१३ किलोलिटर डिजेल आयात भएकोमा गत आर्थिक वर्ष ९ लाख किलोलिटर आयात भएको निगमले जनाएको छ ।
गत वर्ष फागुनदेखि पाइपलाइनबाट पेट्रोल आयात भइरहेको छ । डिजेल भने २०७६ सालदेखि नै पाइपलाइनबाट आयात भइरहेको छ ।
‘यसअघि ट्याङ्करबाट स्थानीय बजारका लागि मात्रै पेट्रोल आयात हुन्थ्यो भने अहिले देशभरका ठुला सहरहरूको लागि यहीँबाट लोड भएर ढुवानी हुन्छ,’ अम्लेखगञ्ज डिपो प्रमुख अशोक साहले भने, ‘गत वर्षको तुलनामा तेलको आयात र बिक्री वितरण राम्रो अवस्थामा छ ।’
अम्लेखगञ्ज डिपोबाट थानकोट, पोखरा, भैरहवा, विराटनगर, जनकपुर, वीरगञ्ज लगायत देशभरका २० जिल्लाका सरकारी तथा निजी पम्पहरूमा बिक्री वितरण हुने गर्दछ ।
प्रादेशिक डिपो प्रमुख साहले सरकारी पम्पहरूका लागि दैनिक पेट्रोल १२५ देखि १५० ट्याङ्कर र डिजेल २ सयदेखि २५० ट्याङ्कर लोड हुने गरेको बताए ।
निजी पम्पहरूका लागि भने दैनिक १५० ट्याङ्कर पेट्रोलियम पदार्थ लोड हुने गर्दछ । साभार -jyotidainik
नेपाल पत्रकार महासंघ बारा शाखाको कार्यसमिति बैठकमै कुटपिट भएको छ। आगामी जेठ ९ गते हुने वार्षिक साधारणसभा तथा पुरस्कार वितरणसम्बन्धी तयारीका लागि बुधबार दिउँसो कलैयास्थित महासंघ कार्यालयमा बसेको बैठक तनावग्रस्त बनेपछि पत्रकार धिरेन्द्र तिवारीमाथि हातपात भएको हो।
बैठकका क्रममा महासंघका सचिव पुष्पराज खतिवडासँग विवाद चर्किएपछि आफूमाथि एक्कासी आक्रमण भएको तिवारीले बताएका छन्। उनका अनुसार विवाद बढ्दै जाँदा खतिवडाले हातको बुढीऔँलामा टेकेर घाइते बनाएको र पछि बेल्चाले समेत प्रहार गरेको उनको आरोप छ।
‘बैठक चलिरहेकै बेला ममाथि एक्कासी आक्रमण भयो। मेरो हातको बुढीऔँला रगताम्मे हुने गरी टेकियो र कुटपिट गरियो,’ तिवारीले भने, ‘त्यसपछि अरु केही व्यक्तिहरूले समेत ममाथि हातपात गरे।’
घटनामा संलग्न भनिएका तिवारी र खतिवडा दुवै प्रेस चौतारीनिकट पत्रकार हुन्। महासंघले प्रदान गर्ने पुरस्कार वितरणमा अध्यक्ष, सचिवलगायत केही पदाधिकारीले आर्थिक चलखेल गरेको भन्ने आरोप लागेपछि तिवारीसहित केही कार्यसमिति सदस्यहरूले त्यसको विरोध गर्दै आएका थिए। सोही विषयलाई लिएर बैठकभित्रै बहस चर्किँदै गएपछि अवस्था तनावपूर्ण बनेको बताइएको छ।
बैठककै क्रममा प्रेस चौतारीका जिउतप्रसाद यादव र प्रेस युनियनका प्रभु प्रसाद यादवबीच समेत भनाभन हुँदै कुर्सी हानाहानको अवस्था सिर्जना भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। त्यसपछि बैठक अवरुद्ध बनेको छ भने कार्यालय परिसरमै असहज वातावरण सिर्जना भएको थियो।
यता नेपाल पत्रकार महासंघ बारा शाखाका सहसचिव तथा सूचना अधिकारी इन्दीप कोइरालाले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै बैठकमै भएको कुटपिटको घटनाले संस्थाको गरिमा र अनुशासनमा गम्भीर प्रश्न उठाएको बताएका छन्। उनले आफू सो बैठकमा उपस्थित हुन नसकेको स्पष्ट पार्दै यदि उपस्थित भएको भए स्थिति नियन्त्रणमा लिन सक्ने दाबी गरे।
कोइरालाका अनुसार महासंघजस्तो पेशागत संस्थाभित्र यस प्रकारको हिंसात्मक घटना हुनु अत्यन्तै दुर्भाग्यपूर्ण हो र यसले सम्पूर्ण पत्रकार समुदायको छविमा नकारात्मक असर पारेको छ। उनले घटनाको वास्तविक कारण र संलग्न पक्षहरूको पहिचान गर्न निष्पक्ष छानबिन आवश्यक रहेको उल्लेख गर्दै, आवश्यकता परे छानबिन समिति गठन गर्ने वा कानुनी प्रक्रिया अघि बढाउन प्रहरीको सहयोग लिने बताए।
उनले सबै पक्षलाई संयमित रहन आग्रह गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन संस्थागत अनुशासन र आपसी समन्वय मजबुत बनाउनुपर्नेमा जोड दिए।
पत्रकार महासंघ बाराका अध्यक्ष रमेश बहादुर क्षेत्री र सचिव पुष्पराज खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
साभार-sajha nigrani
- असुलि आतंक मच्चाउने घुमूवा पासवान पहुँचकोे भरमा लगभग दुई बर्ष देखि पोखरीया क्षेत्रमै कार्यरत
- बुद्धएयरको नेपालगञ्ज–पोखरा सिधा उडान स्थगित, यात्रु र पर्यटन क्षेत्र प्रभावित
- सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता
- एसपी रविन कार्कीले सम्हाले काभ्रे प्रहरी प्रमुखको जिम्मेवारी
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
